करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर। त्रियुगा नगरपालिका वडा नम्बर २ को खैजनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३८ वर्षीया रीता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो।

उनलाई शुक्रबार साँझ करेन्ट लागेको हो। घर नजिक खेतमा पानी लगाउन राखिएको मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेपछि गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ।