काठमाडौँ। कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउले बजारबाट प्रहरीले एउटै घरबाट तास खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरेको छ।
प्रहरीले ३५ वर्षीय यज्ञबहादुर विष्टको घरमा तास खेलिरहेको अवस्थामा विष्टसहित २९ जनालाई शनिबार नै पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ५१ हजार ४ सय रूपैयाँ र ८ गड्डी तास बरामद गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ।
" /> काठमाडौँ। कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउले बजारबाट प्रहरीले एउटै घरबाट तास खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरेको छ।प्रहरीले ३५ वर्षीय यज्ञबहादुर विष्टको घरमा तास खेलिरहेको अवस्थामा विष्टसहित २९ जनालाई शनिबार नै पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ५१ हजार ४ सय रूपैयाँ र ८ गड्डी तास बरामद गरिएको छ।

">