कौडा खेलिरहेका ३ जना ३ लाखभन्दा बढी नगदसहित पक्राउ <p>काठमाडौँ। महोत्तरीको मनराशिश्वा नगरपालिका&ndash;७ बाँसघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँका ४० वर्षीय विनोदकुमार साहसहित तीन जना पक्राउ परेका छन्।</p> <p>प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूको साथबाट शनिबार बिहान नगद ३ लाख ३२ हजार ९६० रूपैयाँ र ९ थान कौडा बरामद गरिएको छ।&nbsp;</p> <p>अस्थायी प्रहरी पोष्ट सलपल्लो र इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। साथै, खेलमा संलग्न अन्य फरार व्यक्तिको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्