काठमाडौं। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा मृत फेला परेका दुवैजना एउटै विद्यालयको विद्यार्थी रहेको खुलेको छ।
शनिबार बिहान १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउद मृत फेला परेका थिए।
उनीहरू दुवैजना धनगढीस्थित सरस्वती मा.वि. गौरीको विद्यार्थी रहेको खुलेको हो। उक्त विद्यालयको उनीहरू कक्षा १० का विद्यार्थी रहेको पाइएको कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्बरबहादुर थापाले बताएका छन्।
“मृतकहरू क्लासमेट रहेछन्,” उनले देखापढीसँग भने, “मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।”
घटनास्थलमा कञ्चनपुर प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनी नेतृत्वको टोली अपराध अनुसन्धानका लागि खटिएका छन्। टोलीले ‘सिन अफ क्राइम’ रिपोर्टसँगै प्रकृति शव मुचुल्का तयार गरिसकेको छ।
दुवैजनाको शव पोस्टमार्टका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी पनि टोलीले गरेको छ। उनीहरूले विषादि सेवन गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। र उनीहरूबीच प्रेम सम्बन्ध रहेको पनि प्रहरीको अनुमान छ।
“क्लासमेट हुनु र सँगै मृत फेला पर्नुले उनीहरूबीच प्रेम सम्बन्ध भएको अनुमानसम्म गर्न सकिन्छ तर थप अनुसन्धानपछि सबै कुरा खुल्छ,” घटनास्थलमा रहेका डीएसपी थापाले भने, “हामी चाहिँ घटना कसरी भयो भन्नेतिर पनि ध्यान दिएका छौँ।”
टेकबहादुर र सीताको शव १/२ मिटरको दूरीमा फेला परेको हो। शवको छेउमा प्रहरीले विषादिको बट्टा फेला परेको छ। उनीहरूको घर चाहिँ कैलालीको गोदावरी नगरपालिका–११ हो।
उनीहरूको प्रेम सम्बन्धलाई परिवारको तर्फबाट अस्वीकार गर्दा आत्महत्या गरेको हुनसक्ने प्रहरीको ठम्याइ छ। गत असोज २८ गतेदेखि नै उनीहरू परिवारबाट सम्पर्कविहीन भएको पाइएको प्रहरीले जनाएको छ।
परिवारका तर्फबाट उनीहरूको खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। प्रहरी र परिवारसँगै आफन्तले खोजतलास गरिरहेको थियो। तर आज भने मालुमेला जङ्गलमा बेपत्ता उनीहरूको शव फेला परेको हो।
" /> काठमाडौं। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा मृत फेला परेका दुवैजना एउटै विद्यालयको विद्यार्थी रहेको खुलेको छ।शनिबार बिहान १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउद मृत फेला परेका थिए।

">