झापा। गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका-५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ।
मोरङको रतुवामाई नगरपालिका-५, लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को३७प २२३२ नम्बरको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेको र उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ।
प्रहरीले दुर्घटनामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई-५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको जनाएको छ। रासस
" /> झापा। गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका-५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ।मोरङको रतुवामाई नगरपालिका-५, लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को३७प २२३२ नम्बरको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेको र उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ।
प्रहरीले दुर्घटनामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई-५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको जनाएको छ। रासस
">