काठमाडौं। अमेरिकामा जतिजति राष्ट्रपति निर्वाचन नजिकिँदै छ, उतिउति हतियार बिक्रीको ग्राफ उकालो लाग्दै छ। हतियार बिक्री अनियन्त्रित गतिमा बढ्दै गएपछि रिटेलर कम्पनी वालमार्टले अमेरिकामा आफ्नो स्टोरबाट बन्दुक बेच्न बन्द गरेको छ।

चुनाव नजिकिँदै गएको समयमा बन्दुक बिक्रीले खतरा निम्त्याउन सक्ने भन्दै वालमार्टले हतियार बेच्न रोकेको हो। हतियारको उच्च बिक्रीले निर्वाचनको नतिजा आउने दिन गतिरोध उत्पन्न हुन सक्ने औंल्याइएको छ। हिंस्रक झडप तथा आन्तरिक कलह बढ्न सक्ने कतिपयको अनुमान छ।

कोरोना भाइरसका कारण अमेरिकामा बन्दुक बिक्री घटिरहेको थियो। तर, सटडाउन भएपछि भने बन्दुक बिक्रीले गति लिन थालेको थियो।

एकातिर संघारैमा आएको राष्ट्रपति निर्वाचन र अर्कोतिर बढ्दो नस्लीय विवादले पनि अमेरिकामा बन्दुक बिक्री बढेको देखिन्छ। अमेरिकामा ५० लाख मानिसले जीवनमा पहिलोपटक बन्दुक किनेको पाइएको छ।

अमेरिका एउटा यस्तो देश हो, जहाँ कुल जनसंख्याभन्दा बढी बन्दुक छ। बन्दुकमा स्वामित्व संसारमै सबैभन्दा बढी अमेरिकी नागरिकको रहेको छ। प्रत्येक सय नागरिकमा १२०.५ वटा बन्दुक रहेको अनुसन्धानले देखाएको छ।

मार्क जुकरबर्ग चिन्तित

अमेरिकामा राष्ट्रपति निर्वाचनपछि आन्तरिक कलह बढ्ने अनुमान गर्ने विश्लेषक थुप्रै छन्। त्यस्ता अनुमानकर्तामध्ये एक फेसबुकका प्रमुख मार्क जुकरबर्ग पनि हुन्।

जुकरबर्ग भन्छन्, ‘‘मलाई हाम्रो देश बाँडिएकोमा निकै चिन्ता लागेको छ। निर्वाचनको परिणाम आउन अझै केही दिन लाग्ने छ। यसबीच देशमा आन्तरिक कलहको खतरा पैदा हुन पुगेको छ।’’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन परिणाम आफ्नो विपरीत आएमा दक्षिणपन्थी मिलिसियाले आफूलाई कारबाही गर्न तयार रहेको संकेत दिँदै आएका छन्। यही सन्दिग्ध मिलिसिया अमेरिकामा हिंसा भड्काउन तत्पर रहेको ट्रम्पकै प्रशासनको भनाइ छ।

एक अध्ययन अनुसार पेन्सिल्भेनिया, मिचिगन, जर्जिया तथा विस्कन्सिनजस्ता क्षेत्रमा निर्वाचनका क्रममा हतियारधारी मिलिसियाले हिंसा भड्काउन सक्ने आशंका छ। यिनै मिलिसियालाई ट्रम्प विश्वास गरिरहेका छन्।

मिलिसियाको गुटले प्रहरीको जसरी नै समानान्तर संगठन चलाइरहेको छ। यसका ९ गुट छन्। यीमध्ये केही गुटले ट्रम्पलाई खुलेरै समर्थन गर्दै आएका छन्। ट्रम्प स्वयंले यिनको तारिफ गर्ने गरेका छन्।

त्यतिमात्र होइन, केही समयअघि ट्रम्पले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए त्यसलाई स्वीकार नगर्ने बताएका थिए। शुक्रबार नै पनि उनले मतदान प्रक्रियामा आशंका प्रकट गरेका छन्।

कतिपय विश्लेषकहरू अमेरिकामा निर्वाचनमा कुनै धाँधली हुन नसक्ने बताउँछन्। मतपेटिका तथा मतदातामा खराब असर पार्ने काम दुर्लभ रहेको उनीहरूको भनाइ छ।

उता, मिलिसियाले भने ट्रम्पले हारे भने आफूहरू सडकमा उत्रने चेतावनी दिएका छन्। अमेरिकामा यस विषयले हल्लीखल्ली मच्चाएको छ। यही कारण मतदान केन्द्रमा बन्दुक लिएर जान दिने वा नदिने भन्नेबारे अदालतमा बहस चलिरहेको छ।

मिचिगनका एक न्यायाधीशले बन्दुक लिएर जाने अनुमति दिएका छन्। र, ट्रम्पले यसको स्वागत गरेका छन्।

अमेरिकामा निर्वाचन हुन अब तीन दिन पनि पूरा बाँकी छैन। लोकप्रिय मतमा ट्रम्प आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनभन्दा ८ प्रतिशत पछाडि छन्।

महाशक्ति अमेरिकामा आगामी राष्ट्रपति को बन्छ भनेर यकिन गर्न अहिलेसम्म कुनै विश्लेषकले सकेका छैनन्। (एजेन्सीहरूको सहयोगमा)

" /> काठमाडौं। अमेरिकामा जतिजति राष्ट्रपति निर्वाचन नजिकिँदै छ, उतिउति हतियार बिक्रीको ग्राफ उकालो लाग्दै छ। हतियार बिक्री अनियन्त्रित गतिमा बढ्दै गएपछि रिटेलर कम्पनी वालमार्टले अमेरिकामा आफ्नो स्टोरबाट बन्दुक बेच्न बन्द गरेको छ।

"> अमेरिकामा चुनावअघि हतियार बिक्री किन बढ्यो?: Dekhapadhi
तस्वीरः गेट्टी इमजेज।
अमेरिकामा चुनावअघि हतियार बिक्री किन बढ्यो?

प्रतिक्रिया दिनुहोस्