कैलाली। धनगढी उपमहानगरपालिका-१ स्थित मुस्लिम समुदायको कब्रिस्तानमा शव गाड्न रोक लगाइएपछि स्थानीय मुस्लिम समुदायमा पीडा थपिएको छ।
स्थानीय प्रशासन तथा नेपाली सेनाको टोलीले बिहीबार कोरोना संक्रमितको शव कब्रिस्तानमै व्यवस्थापन गरेपछि केही स्थानीयको विरोधले धनगढी उपमहानगरपालिकाको १ नं। वडा कार्यालयले अर्को व्यस्था नहुन्जेलसम्मका लागि भन्दै सो स्थान नै सील गरेपछि अर्का मृतक परिवार शव गाड्नबाट वञ्चित भएका छन्।
शुक्रबार विहान दुवै मृगौला फेल भएर मृत्यु भएका धनगढी उपमहानगरपालिका-१ का ५० वर्षीय मोहमद जमसेदको अहिलेसम्म शव व्यवस्थापन हुन सकेको छैन। मुस्लिम परम्पराअनुसार कब्रिस्तानमै शव व्यवस्थापन गर्नुपर्ने भए पनि भने स्थानीय प्रशासन र स्थानीय निकायको समन्वय नहुदा मृतकको शव घरमै राख्नु परेको आफन्तले बताएका छन्।
धनगढी उपमहानगरपालिका-१ पशुपति टोलस्थित नेपाली नुरी जामा मस्जितका कार्यवाहक अध्यक्ष मोहमद यामिनले शव व्यवस्थापनको लागि बिहानैदेखि जिल्ला प्रशासन र वडा कार्यालयसँग अनुनय विनय गर्दै आएको भए पनि कुनै निकास ननिस्केको बताए। उनले दिनभरि आश्वासन मात्रै दिइएको बताउदै यो भोलि (शनिबार) १२ बजेसम्म शव व्यवस्थापनको निकास आएन भने जे पनि हुन सक्ने भन्दै चेतावनी दिए ।
आफुहरुको धार्मिक मूल्य मान्यतालाई स्थानीय निकाय र स्थानीय प्रशासनले वेवास्ता गरेको बताउँदै उनले लासमाथि राजनीति भइरहेकोप्रति आक्रोश पोखे।
यता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सो बिषयमा छलफल भैरहेको बताउदै भोलि (शनिबार) बिहानसम्म निकास निस्कने बताए।
" /> कैलाली। धनगढी उपमहानगरपालिका-१ स्थित मुस्लिम समुदायको कब्रिस्तानमा शव गाड्न रोक लगाइएपछि स्थानीय मुस्लिम समुदायमा पीडा थपिएको छ।स्थानीय प्रशासन तथा नेपाली सेनाको टोलीले बिहीबार कोरोना संक्रमितको शव कब्रिस्तानमै व्यवस्थापन गरेपछि केही स्थानीयको विरोधले धनगढी उपमहानगरपालिकाको १ नं। वडा कार्यालयले अर्को व्यस्था नहुन्जेलसम्मका लागि भन्दै सो स्थान नै सील गरेपछि अर्का मृतक परिवार शव गाड्नबाट वञ्चित भएका छन्।

">