नेपालगञ्जमा अवैध लागुऔषधसहित एक भारतीय पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ एकलैनीस्थित सडकबाट अवैध लागुऔषध ६ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। </p>
<p style="text-align: justify;">बिहीबार दिउँसो पक्राउ पर्नेमा भारत लक्षिमपुर थाना बस्ने २१ वर्षीय आरिफ बन्जरा भएको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनले लुकाई ल्याएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>