आगलागीबाट डेढ लाखभन्दा बढीको धनमाल नष्ट
<p style="text-align: justify;">काठमाडौं। झापाको हल्दिबारी गाउँपालिका-१ गोलधापमा रहेको एउटा टाटीमा आगलागी भएको छ।</p>
<p style="text-align: justify;">४० वर्षीय रहसित मुर्मुको टिनको छानो भएको टाँटीमा बिहीबार राति आगलागी भएको हो।</p>
<p style="text-align: justify;">आगलागीबाट घर जलेर करिब एक लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">आगो स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। तर, आगो लाग्नुको कारण पत्ता नलागेको झापा प्रहरीले जनाएको छ।</p>