तरकारी व्यवसायी मृत अवस्थामा फेला
<p style="text-align: justify;">काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ पुरानो बजारमा एक जना व्यवसायी मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">तरकारी तथा फलफूल व्यवसाय गरी बस्ने ५० वर्षीय दिनेश पासवान मृत फेला परेका हुन्। </p>
<p style="text-align: justify;">सिन्धुपाल्चोक प्रहरीका अनुसार उनी आफ्नै कोठामा बिहीबार राति मृत अवस्थामा फेला परे। उनको घर सर्लाहीको बरथवा गाउँपालिका-८ रहेको प्रहरीले जनाएको छ।</p>