काठमाडौं। बितेको २४ घण्टामा देशका ६ स्थानमा आगलागी हुँदा ३२ लाख रूपैयाँ बराबरको क्षति भएको छ भने दुईजना घाइते भएका छन्।
बर्दियाको मधुवन नगरपालिका-८, लालिबजारस्थित एक किराना पसलमा विद्युत सर्ट भई आगलागी हुँदा ७ लाख नगद र किराना पसरको सर–सामान समेत गरी २५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।
पाँचथरको फालेलुङ गाउँपालिका-५ स्थित एक घरमा दियोबाट आगो सल्किन गई आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद जल्दा तीन लाख रूपैयाँ बराबरको क्षति भएको छ।
कपिलवस्तुको महाराजगंज नगरपालिका-३ जमुनस्थित एक भान्सा घर र गोठमा आगलागी हुँदा एक लाख रूपैयाँ बराबरको क्षति भएको छ।
काठमाडौं महानागरपालिका-९ पशुपति उमाकुण्डस्थित सुकुम्बासी वस्तीको एक टहरोमा आगलाी हुँदा टहरो पूर्णरुपमा जली एक लाख रूपैयाँ बराबरको क्षति भएको छ।
धादिङको धुनिवेशी नगरपालिका-६ थाक्रेस्थित एक होटलमा अचानक विद्यु्त सर्ट भई आगलागी हुँदा एकजना घाइते भएका छन्।
यस्तै, रौतहटको देवाही गोनाही नगरपालिका-५, टिकुलिया टोलस्थित एक गोठमा आगलागी हुँदा २ लाख रूपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
" /> काठमाडौं। बितेको २४ घण्टामा देशका ६ स्थानमा आगलागी हुँदा ३२ लाख रूपैयाँ बराबरको क्षति भएको छ भने दुईजना घाइते भएका छन्।बर्दियाको मधुवन नगरपालिका-८, लालिबजारस्थित एक किराना पसलमा विद्युत सर्ट भई आगलागी हुँदा ७ लाख नगद र किराना पसरको सर–सामान समेत गरी २५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

">