कञ्चनपुर। वनपैदावारसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीनजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।
कञ्चनपुर जिल्ला अदालतको गत वर्ष असार २३ गतेको फैसलाअनुसार तीनै जनालाई दोषी ठहर गर्दै एक/एक महिना कैद र जनही १७ हजार ४०६ जरिवाना तोकिएको थियो। वारदात गरी २०७५ कात्तिकदेखि तीनैजना फरार थिए।
आवश्यक कारबाहीका लागि प्रहरीले तीनैजनालाई अदालतमा पेश गरेको जनाएको छ। यसैगरी लागु औषधसम्बन्धी मुद्दामा फरार रहेका लालझाडी गाउँपालिका–७ कञ्जका २१ वर्षीय हिरेन्द्र रानालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
भाग्दै गरेको अवस्थामा रानालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए।
लागु औषध मुद्दामै अदालतबाट दोषी ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय एकलव्य जोशीलाई समेत प्रहरीले राजपुर क्षेत्रबाट पक्राउ गरेको छ।
पक्राउ परेका दुवैजनालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ। रासस
" /> कञ्चनपुर। वनपैदावारसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीनजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

">