काठमाडौं। फ्रान्सको निस सहरस्थित एक चर्चमा बिहीबार चक्कु प्रहार गरी तीन जनाको हत्या गरिएको छ। यो घटनालाई पैगम्बर मोहम्मदको कार्टुनलाई लिएर सुरु भएको हत्या शृंखलाकै अर्को कडी मानिएको छ।
केही साताअघि कार्टुनकै विषयमा एक शिक्षको टाउको काटी हत्या गरिएको थियो। बिहीबारको घटनामा पनि चक्कुले एक महिलाको घाँटी रेटिएको छ भने अन्य दुईलाई जथाभावी प्रहार गरिएको छ। प्रहरीले हमलाकारीलाई पक्राउ गरेको छ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले घटनालाई ‘इस्लामी आतंकवादी हमला’ बताएका छन्। उनले आफ्नो देश यस्ता घटनाबाट नडराउने र समर्मण नगर्ने घोषणा पनि गरेका छन्।
सुरक्षा अधिकारीहरुका अनुसार निसको नाट्रेडम चर्चमा हमलाकारीद्वारा एकजना बुढी महिलाको टाउको काटिएको छ। हमलाकारीमाथि प्रहरीले गोली प्रहार गरेको थियो र गम्भीर घाइते बनाएको थियो। हमलाको जाँच सुरु गरिएको छ भने फ्रान्सले राष्ट्रिय सुरक्षाका सन्दर्भमा रेड अलर्ट घोषणा गरेको छ।
सन्दिग्ध हमलाकारी २१ वर्षीय ट्युनिसियाली नागरिक भएको सुरक्षा अधिकारीको भनाइ छ। ती युवा यही महिनाको सुरुमा फ्रान्स आएका थिए। उनीसँग इटलीको रेडक्रसद्वारा जारी गरिएको दस्तावेज फेला परेको बताइएको छ।
प्रहरीले ती युवाको नाम ब्राहिम एइसोई रहेको जानकारी दिएको छ। ती युवा सुरुमा ट्युनिसियाबाट इटली गएको र त्यहाँ कोरोना भाइरसका कारण क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिनको अवधि पूरा भएपछि उनलाई इटलेी छोड्न भनिएको थियो।
निस सहरका मेयर क्रिस्चियन एस्ट्रोसीले घटनालाई ‘इस्लामी फासिवाद’को संज्ञा दिएका छन्। हमलाकारीले चक्कु प्रहार गर्नुअघि पटकपटक ‘अल्लाहु अकबर’ भन्दै कराएका उनको भनाइ छ। हमलाकारी युवासँग एक कुरान, दुईवटा टेलिफोन र १२ इन्च लामो चक्कु फेला परेको प्रहरीले जानकारी दिएको छ।
(एजेन्सी)
" /> काठमाडौं। फ्रान्सको निस सहरस्थित एक चर्चमा बिहीबार चक्कु प्रहार गरी तीन जनाको हत्या गरिएको छ। यो घटनालाई पैगम्बर मोहम्मदको कार्टुनलाई लिएर सुरु भएको हत्या शृंखलाकै अर्को कडी मानिएको छ।केही साताअघि कार्टुनकै विषयमा एक शिक्षको टाउको काटी हत्या गरिएको थियो। बिहीबारको घटनामा पनि चक्कुले एक महिलाको घाँटी रेटिएको छ भने अन्य दुईलाई जथाभावी प्रहार गरिएको छ। प्रहरीले हमलाकारीलाई पक्राउ गरेको छ।

">