काठमाडौं। सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका-७ बस्ने २३ वर्षीय टुमनारायण यादवलाई पेस्तोलसहित प्रहरीले बुधबार पक्राउ गरेको छ।
मेड ईन इन्डिया लेखिएको एक थान पेस्तोलको साथमा म्याग्जिनमा लोड गरेको दुई राउन्ड गोलीसमेत प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार यादवले स्थानीय मानिसहरूलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए। उनले घरमा पेस्तोलसमेत लुकाइ राखेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उनको घर तलासी लिएको थियो।
तलासी लिने क्रममा सेफ्टी ट्याङकी छेउमा झोलाभित्र उक्त हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यस्तै, सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुर बजार बस्ने २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादवलाई एक थान कटुवा पेस्तोल, सो पेस्तोलमा लाग्ने एक थान गोली र नियन्त्रित लागुऔषध ६ थान नाइट्रोभेट ट्याब्लेटसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बन्दीपुरबाट गस्तीमा खटिएको प्रहरीले डिम्पललाई स ७ प २५५३ नम्बरको मोटरसाइकल र उक्त सामानसहित बन्दीपुर बजारमा फेला पारेपछि थप अनुसन्धानको क्रममा प्रेमनाथलाई समेत पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।