काठमाडौं। खानाको विषयलाई लिएर भारतको देहरादूनमा नेपाली विद्यार्थीमाथि लामाबाटै कुटपिट भएको विवरण सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले समस्या समाधानका लागि भारतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको छ।
मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीर रूपमा लिएर समस्या समाधान गर्न दूतावासलाई निर्देशनसहितको पत्र पठाएको बताइन्।
“घटनाको विषयवस्तुलाई गम्भीरताका साथ ग्रहण गरेर समस्या समाधान गर्न निर्देशन पत्र पठाइएको छ,” उनले देखापढीसँग भनिन्, “दूतावासबाट आवश्यक प्रक्रिया सुरू भइसकेको छ र आवश्यकता अनुसारको सहजीकरण हुनेछ।”
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरू भइसकेको बताएका थिए।
त्यसअघि राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले लामाबाटै नेपाली विद्यार्थीहरूमाथि खानाको विषयलाई लिएर निर्घात कुटपिट भएको भन्दै उद्धारको लागि परराष्ट्रमन्त्री ज्ञवाली र भारतस्थित नेपाली राजदूतावासलाई आग्रह गरेकी थिइन्।
कुटपिटको घटनापछि दुई जना नेपाली विद्यार्थी घर आउन नेपाल-भारत सीमा क्षेत्र आइपुगेका छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामकुमार महतोले ती विद्यार्थीहरू गड्डा चौकीमा रहेको बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गराएर घर पठाइने प्रजिअ महतोको भनाइ छ।
ती दुई जना विद्यार्थी सीमावर्ती क्षेत्र गड्डा चौकीमा बिहीबार आइपुगेका हुन्। एक जना बागलुङ र एक जना मकवानपुरको रहेको खुलेको छ।
उनीहरूसँग अरू तीन जना विद्यार्थी पनि आएका थिए। तर, उनीहरू भारतकै पश्चिम बंगाल राज्यमा पर्ने दार्जिलिङको रहेको प्रजिअ महतोले बताए।
उनीहरूलाई बिहीबार बिहान ११ बजेतिर भारतीय प्रहरीलाई जिम्मा लगाएर पठाइएको छ।
“दुई जना नेपाली र तीन जना दार्जिलिङका विद्यार्थी साथी साथी मिलेर आएका रहेछन्,” प्रजिअ महतोले भने, “उनीहरू कुटपिट भएको भनिएको विद्यालयमै पढ्दा रहेछन् र दार्जिलिङका विद्यार्थीहरूलाई लिन भारतीय प्रहरी आएका थिए, पठाइदिएका छौं।”
सोधपुछको क्रममा आएका विद्यार्थीहरूले आफूहरूमाथि कुटपिट नभएको तर घटनापछि डरले गर्दा घर आएको बताएको पनि प्रजिअ महतोले बताए।
प्रजिअ महतोका अनुसार ती विद्यार्थीहरूको शरीरमा चोटपटक छैन।
सोमबार देहरादूनमा नेपाली विद्यार्थीहरूमाथि निर्घात कुटपिट भएको विवरण सार्वजनिक भएको थियो।
नेपाल फर्कन लागेको भन्दै त्यहाँस्थित शाक्य एकेडेमीका प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले निर्घात कुटपिट गरेको पीडित विद्यार्थीका अभिभावकहरूले गुनासो गरेका छन्। उनीहरूले उद्धार गरिदिन पनि माग गरेका छन्।
पीडित विद्यार्थीहरू सिन्धुपाल्चोक, बागलुङ, रूकुम, जुम्ला, हुम्ला, नुवाकोट, रामेछापलगायत १९ जिल्लाका रहेका छन्।
उनीहरूलाई बौद्ध शिक्षाका लागि उक्त एकेडेमीबाट नेपाल आएर लामाहरूले लगेका हुन्। त्यहाँ हाल २०० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेको बताइएको छ।
" /> काठमाडौं। खानाको विषयलाई लिएर भारतको देहरादूनमा नेपाली विद्यार्थीमाथि लामाबाटै कुटपिट भएको विवरण सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले समस्या समाधानका लागि भारतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको छ।मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीर रूपमा लिएर समस्या समाधान गर्न दूतावासलाई निर्देशनसहितको पत्र पठाएको बताइन्।

">