वासिङ्टन। अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएको देखिन्छ।
बुधबार सार्वजनिक पछिल्लो राष्ट्रव्यापी मत सर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखिएको हो। पछिल्ला राष्ट्रपति निर्वाचनहरूभन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको हो।
सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्ने देखिएको छ र दुवै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ।
गत वर्षदेखि नै सिएनएनले गरेका हरेक मत सर्वेक्षणमा बाइडेनले नै अग्रता बनाएका थिए।
विगतमा रिपब्लिकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ। महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको सङ्ख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् भने गैर-अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ।
राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ति दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उनको कार्यशैलीलाई रुचाएका छैनन्।
अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ ।
रासस/एएनआइ
" /> वासिङ्टन। अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएको देखिन्छ।बुधबार सार्वजनिक पछिल्लो राष्ट्रव्यापी मत सर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखिएको हो। पछिल्ला राष्ट्रपति निर्वाचनहरूभन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको हो।

">