आदमघाटबाट चरेससहित एक पक्राउ <p>धादिङ। गजुरी गाउँपालिका&ndash;६ आदमघाटस्थित सडकबाट करिब २ केजि ८ सय ग्राम अवैध लागुऔषध चरेश सहित एक जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p>पक्राउ पर्नेमा सोही गाउँपालिका&ndash;७ तल्लो पेटारे बस्ने २५ वर्षीय सोमलाल तामाङ छन्।</p> <p>विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले तामाङलाई जाँच गर्दा उनले बोकेको झोलामा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।&nbsp;</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्