कैलाली। नेपाली सिनेमामा अभिनय गर्दा गर्दै अष्ट्रेलियामा व्यवसायमा होमिएका सुदूरपश्चिमको टिकापुरका युवा स्वतन्त्र प्रताप शाह अभिनित म्युजिक भिडियो ‘जनम जनम’ दशैंको अवसर पारेर सार्वजनिक गरिएको छ।
अष्ट्रेलियाको क्विन्सल्याण्डका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको यो भिडियोमा चर्चित गायक कमल खत्रीको आवाज रहेको छ।
राजु कानले निर्देशन गरेको भिडियोमा स्वतन्त्र प्रताप शाहले पुनः एकपटक आफूलाई अभिनयमार्फत् चिनाएका छन्। भिडियोमा उनलाई मोडल कृतिमा श्रेष्ठले साथ दिएकी छन्।
अष्ट्रेलियामा पछिल्ला केही वर्षयता समाजसेवा, शैक्षिक क्षेत्रमा कार्यरत शाहले अभिनयमा पनि उत्तिकै जमेका छन्। नेपाली चलचित्र फेसबुक र मेरो भ्यालेन्टाइनमा नायकको भूमिका निर्वाह गरिसकेका शाह पछिल्ला वर्षहरूमा एनआरएन अभियन्ताका रूपमा सक्रिय छन्। उनी अष्ट्रेलियामा शैक्षिक तथा विभिन्न व्यवसायमा पनि संलग्न छन्।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष रहीसकेका शाह एम्पाएर एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रमुख हुन् ।
उनले सामाजिक, शैक्षिक तथा व्यवसायिक क्षेत्रसंगै कलाकारितामा पनि निरन्तरता दिने सोच बनाएका छन् । उनले राम्रो फिल्म र म्युजिक भिडियोका प्रस्ताव आएमा कलाकारिता क्षेत्रलाई पनि संगसंगै लैजाने सोच बनाएको बताए ।
" /> कैलाली। नेपाली सिनेमामा अभिनय गर्दा गर्दै अष्ट्रेलियामा व्यवसायमा होमिएका सुदूरपश्चिमको टिकापुरका युवा स्वतन्त्र प्रताप शाह अभिनित म्युजिक भिडियो ‘जनम जनम’ दशैंको अवसर पारेर सार्वजनिक गरिएको छ।अष्ट्रेलियाको क्विन्सल्याण्डका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको यो भिडियोमा चर्चित गायक कमल खत्रीको आवाज रहेको छ।

">