काठमाडौँ। दाङको लमही नगरपालिका–१ नर्तीमा हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–२ दोलहीका ७५ वर्षीय भरथारी चौधरी रहेका छन्।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा गए राति मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
हिजो अपराह्नको समयमा पैदल हिँडिरहेका वृद्धलाई भे १० प १५४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। पैदलयात्रीलाई ठक्कर दिएपछि नियन्त्रण गुमाएर मोटरसाइकल पल्टिँदा घाइते भएका मोटरसाइकलमा सवार २ जना भने उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्।
" /> काठमाडौँ। दाङको लमही नगरपालिका–१ नर्तीमा हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–२ दोलहीका ७५ वर्षीय भरथारी चौधरी रहेका छन्।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा गए राति मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

">