काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चार माध्यम तथा सामाजिक सञ्जालले आफ्नो मात्रै विरोध गरेको र जो बाइडेनका गलत काम लुकाउँदै आएको आरोप लगाएका छन्।
बाइडेनले गरेको भ्रष्टाचारबारे प्रेस र सोसल मिडिया दुवै मौन रहेको भन्दै उनले आपत्ति जनाएका हुन्। यही कारण अमेरिकामा प्रेसको दमनजस्तो स्थिति उत्पन्न भएको उनको जिकिर छ।
ट्रम्पले बुधबार एरिजोनामा भने, “एक व्यक्ति, जो पक्राउ परे, तिनका बारेमा मिडिया लेख्नै चाहँदैन! तपाईंहरूलाई थाहा छ, यसलाई के भन्छन्, प्रेस स्वतन्त्रता त होइन। यो प्रेसको दमन हो।”
उनले बाइडेनका छोरा हन्टरविरुद्ध लागेको भ्रष्टाचारको आरोपलाई लिएर यो सन्दर्भ निकालेका थिए।
‘न्युयोर्क पोस्ट’मा प्रकाशित एक समाचारमा हन्टर बाइडेनले रुस, चीन तथा युक्रेनसँग पैसा लिएको आरोप लगाइएको थियो। अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेन र उनको परिवारले हन्टरमाथि लागेको आरोपको खण्डन गरिसकेका छन्।
ट्रम्पले चुनावी र्यालीमा मूलधारका मिडियाले बाइडेनको भ्रष्टाचारबारे नलेखेको भन्दै आलोचना गर्दै आएका छन्। पछिल्लोपटक उनले भनेका छन्, “हामीसँग प्रेस स्वतन्त्रता छैन... बरु प्रेसको दमन भइरहेको छ ...।”
अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचन हुँदै छ।
एजेन्सी
" /> काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चार माध्यम तथा सामाजिक सञ्जालले आफ्नो मात्रै विरोध गरेको र जो बाइडेनका गलत काम लुकाउँदै आएको आरोप लगाएका छन्।बाइडेनले गरेको भ्रष्टाचारबारे प्रेस र सोसल मिडिया दुवै मौन रहेको भन्दै उनले आपत्ति जनाएका हुन्। यही कारण अमेरिकामा प्रेसको दमनजस्तो स्थिति उत्पन्न भएको उनको जिकिर छ।

">