कैलाली। भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब डेढ लाख मूल्य बराबरको पटका कञ्चनपुर प्रहरीले बरामद गरेको छ।
महेन्द्रनगरबाट सुपप्र. ०२-००१ ख ९४३ नम्बरको बसमा लोड गर्दै गरेको अवस्थामा चार बोरा पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
महेन्द्रनगरको गल्ली नम्बर ५ मा पुस्तक पसल सञ्चालन गर्दै आएका दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का दिनेश खडायतले उक्त परिणामको पटका बसमा लोड गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ। पुस्तक पसलमा समेत थप दुई बोरा पटका फेला परेको छ।
प्रहरीले खडायत भने फरार रहेको बताएको छ । फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
" /> कैलाली। भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब डेढ लाख मूल्य बराबरको पटका कञ्चनपुर प्रहरीले बरामद गरेको छ।महेन्द्रनगरबाट सुपप्र. ०२-००१ ख ९४३ नम्बरको बसमा लोड गर्दै गरेको अवस्थामा चार बोरा पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

">