काठमाडौं। मुस्लिम बाहुल्य भएका देशले एकसाथ फ्रान्समा निर्मित सामान बहिष्कार गर्न थालेका छन्। फ्रान्सेली सामान बहिष्कार गर्ने आह्वानसहित मंगलबार बंगलादेशमा पछिल्लो र विशाल प्रदर्शन भएको हो।
बहिष्कारको यो अभियानले युरोपेली मुलुक फ्रान्सको अर्थतन्त्रमा कस्तो असर पर्ला भनी अहिलेदेखि नै विभिन्न अड्कलबाजी तथा अनुमान मात्र होइन गम्भीर अध्ययन नै गर्न थालिएको छ।
मुस्लिम बाहुल्य मुलुक र फ्रान्सबीच किन व्यापारिक कारोबारमा प्रतिबन्ध लगाउन यति ठूला प्रदर्शन हुन थाले त ? यसको कारण कुनै व्यापार वा व्यावसायिक लेनदेनसँग जोडिएको छैन।
फ्रान्सको व्यंग्यप्रधान पत्रिका ‘सार्ली एब्डो’ ले पैगम्बर मोहम्मदको कार्टुन बनाएर प्रकाशित गर्नाले मुस्लिम बाहुल्य देशहरु फ्रान्सप्रति आक्रामक बनेका हुन्। यो कुनै व्यापार युद्ध होइन, यसलाई धार्मिक द्वन्द्वका रुपमा हेर्न सकिन्छ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले सार्ली एब्डोमा छापिएको पैगम्बर मोहम्मदमाथिको कार्टुनको समर्थन गरेका थिए। अक्टोबर महिनामा कार्टुनकै विषयलाई लिएर एक शिक्षकको टाउको काटिएको थियो।
ती शिक्षकको श्रद्धाञ्जली दिने क्रममा राष्ट्रपति म्याक्रोले कार्टुनको मामिलामा आफू नझुक्ने अभिव्यक्ति दिएका थिए। उनले इस्लाम ‘संकट’ मा रहेको टिप्पणी पनि गरेका थिए। त्यसपछि म्याक्रोविरुद्ध खनिने र फ्रान्सेली सामान बहिष्कारका नारा गुञ्जन थालेका हुन्।
कुनकुन देशले फ्रान्सेली सामान बेच्न छाडे ?
टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले सोमबार टेलिभिजन च्यानलमा सन्देश दिँदै फ्रान्समा बनेका सामान बहिष्कार गर्न अपिल गरेका थिए। अहिले टर्कीका साथै कुवेत, जोर्डन, कतारका केही पसलमा फ्रान्समा बनेका सामान हटाउन थालिएको छ। साथै, यही आवाज पाकिस्तान तथा इरानको संसद्मा उठ्न थालेको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आइतबार एक ट्विट गर्दै फ्रान्सका राष्ट्रपतिले इस्लाममाथि हमला गरेको आरोप लगाएका थिए।
बंगलादेशमा मंगलबार विशाल प्रदर्शन भयो। यस्तै प्रदर्शन इराक, लिबिया तथा सिरियामा पनि भएको छ। मुस्लिम बाहुल्य देशहरु फ्रान्समा पैगम्बर मोहम्मदको कार्टुन देखाएर धार्मिक स्वतन्त्रताका कुरा गर्ने एक शिक्षकको टाउको काटिएपछि आएको राष्ट्रपति म्याक्रोको अभिव्यक्तिपश्चात् आक्रोशित भएको देखिन्छ।
तर, भीडले फ्रान्सेली सामान बहिष्कारको जुन मुल मुद्दा उठाएको छ, के त्यसले साँच्चै फ्रान्स अप्ठेरोमा पर्ला ? के यो सांकेतिक विरोध मात्रै हो या धार्मिक युद्धको पूर्वाभ्यास? या व्यापारिक टकराव? यी कुराको उत्तरका निम्ति मुस्लिम बाहुल्य देश र फ्रान्सबीचको आयात-निर्यात निर्भरता तथा लगानीलाई बुझ्नु जरुरी हुन्छ।
फ्रान्ससँग के किन्छन् विरोधमा उत्रिएका देशहरू ?
फ्रान्स एउटा यस्तो देश हो, जसले मुस्लिमबहुल देशलाई बढी मात्रामा हतियार तथा लडाकु विमान बेच्दै आएको छ। निजी जेट तथा रफालजस्ता लडाकु विमान साउदी अरब, कतार, टर्की, यूएईजस्ता देशलाई फ्रान्सले बेच्दै आएको छ।
यी वस्तुको इस्लामबहुल देशमा बढी माग हुँदै आएको छ, किनकि मुस्लिम देशहरु लामो समयदेखि एकापसमा भिड्दै आएका छन्। जबसम्म ती देशमा पूर्ण शान्ति बहाल हुँदैन तबसम्म यी सामाको माग भई नै रहने छ। त्यसकारण पनि बहिष्कारको जतिसुकै नारा लगाए पनि उल्लिखित सामान फ्रान्सबाट नकिनी उनीहरूलाई सुखै छैन।
फ्रान्सको मुख्य निर्यातमा हवाईजहाज तथा त्यससँग सम्बन्धित सामान, परिवहन उपकरण (अटोमोबाइल) कृषिजन्य उत्पादन र फेसन तथा लग्जरी सामान पनि रहेका छन्। पछिल्लो समय फ्रान्समा बनेका यी सामानको माग तुलनात्मक रुपमा उसै पनि कम हुँदै गएको छ। यस्ता सामानका प्रतिस्पर्धी बजारमा थुप्रै उपस्थित छन्।
कृषिउपजमा फ्रान्सले सबैभन्दा बढी निर्यात गर्ने गहुँ हो। फ्रान्सको कुल अन्न निर्याताको तीन प्रतिशत उपभोक्ता मुस्लिम देश हुन्। त्यसमा पनि उत्तर अफ्रिकी मुस्लिम देश बढी छन्। फ्रान्सको वाइन पनि विश्वभर प्रख्यात छ। तर, मुस्लिम देशमा यसको खपत न्यून छ।
फ्रान्सेली ऊर्जा कम्पनी विश्वभर चर्चित छन्। पाकिस्तान, बंगलादेश, टर्की, साउदी अरब तथा अन्य खाडी मुलुकमा पनि यिनको ठूलो लगानी छ। फ्रान्सेली कम्पनीकै आडमा कतिपय खाडी मुलुकले आफ्नो धर्तीमा निहित पेट्रोलियम पदार्थ उत्खनन् गर्दै आएका छन्।
बंगलादेशको ऊर्जा क्षेत्रमा फ्रान्सको अर्बौं लगानी छ। फ्रान्स पनि बंगलादेशको गार्मेन्टको मुख्य खरिदकर्ता हो। बंगलादेशले गत वर्षमात्रै १.७ अर्ब डलरबराबरको गार्मेन्टजन्य उत्पादन फ्रान्स निर्यात गरेको थियो।
यसरी हेर्दा फ्रान्समा बनेका सामान बहिष्कार आन्दोलनले त्यस देशको अर्थतन्त्रमा खासै फरक पार्दैन। बरु फ्रान्समा आफ्ना सामान निर्यात गर्न नपाउँदा अहिले विरोधमा उत्रिएका देशलाई अप्ठेरो पर्न सक्छ।
रक्षा क्षेत्र, वायुयानजस्ता सन्दर्भमा मुस्लिमबहुल देशले फ्रान्सबाट आयात गर्नुको विकल्प अहिलेलाई छैन। र, फ्रान्सेली कम्पनीहरुलाई आफ्नो देशबाट धपाएर खाडी वा अन्य देशले ऊर्जा क्षेत्रमा तत्कालै ठूलो लगानीकर्ता भेट्न पनि सहज छैन।
फ्रान्स युरोपमात्र होइन संसारकै धनीमध्येको एक देश हो। यसको अर्थतन्त्र जटिल छ, तर विविध पनि छ। २०१९ को आँकडा अनुसार यो देशले वार्षिक ५०० बिलियन डलरबराबरका सामान तथा सेवा निर्यात गर्छ। यो देशको कुल गार्हस्थ्य उत्पादन २०१७ मा २.६ ट्रिलियन डलर रहेको थियो।
(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। मुस्लिम बाहुल्य भएका देशले एकसाथ फ्रान्समा निर्मित सामान बहिष्कार गर्न थालेका छन्। फ्रान्सेली सामान बहिष्कार गर्ने आह्वानसहित मंगलबार बंगलादेशमा पछिल्लो र विशाल प्रदर्शन भएको हो।बहिष्कारको यो अभियानले युरोपेली मुलुक फ्रान्सको अर्थतन्त्रमा कस्तो असर पर्ला भनी अहिलेदेखि नै विभिन्न अड्कलबाजी तथा अनुमान मात्र होइन गम्भीर अध्ययन नै गर्न थालिएको छ।

">