देशभर मौसम सफा रहने
<p style="text-align: justify;">काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p>
<p style="text-align: justify;">आजदेखि तीनै दिन देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। </p>
<p style="text-align: justify;">महाशाखाका अनुसार आगामी २४ घण्टा मौसमसम्बन्धी कुनै परामर्श तथा चेतावनी भने छैन। </p>