काबुल। अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित ५ जनाको मृत्यु भएको छ।
एक कमाण्डरसहित मारिएका तालिबानका यी सदस्यहरू हालै मात्र जेलमुक्त भएका थिए। अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्तिवार्ताका लागि अमेरिका र तालिबानबीचको सम्झौताअनुसार यी तालिबान लडाकुलाई जेलमुक्त गरिएको थियो।
काबुलमा अधिकारीहरूले रिहा गरेका कैदीहरूमध्ये एक कमाण्डरसहित कम्तीमा ५ जना तालिबानी मारिएका स्थानीय प्रहरी प्रमुख हेक्मतुल्लाह कोचीले बुधबार बताएका हुन्। कोचीले हालै जेल मुक्त भएका ५ हजार तालिवान कैदीबीच छुटेका कमान्डर अहमद शाहलाई गोली हानेर मारेको एक प्रेस विज्ञप्तिमा जानकारी दिएका हुन्।
अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आएका यी ५ तालिबान लडाकु मारिनुका साथै अन्य दुई तालिबानी लडाकु घाइते भएका कोचीले बताएका छन्।
रासस/सिन्ह्वा
" /> काबुल। अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित ५ जनाको मृत्यु भएको छ।एक कमाण्डरसहित मारिएका तालिबानका यी सदस्यहरू हालै मात्र जेलमुक्त भएका थिए। अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्तिवार्ताका लागि अमेरिका र तालिबानबीचको सम्झौताअनुसार यी तालिबान लडाकुलाई जेलमुक्त गरिएको थियो।

">