काठमाडौं। कैलालीको टीकापुर नगरपालिका-३ शंकरपुरस्थित डबलबहादुर बलायरको सोयाविन कम्पनीमा आगलागी भएको छ।
आगलागी हुँदा घर, सोयाविन बनाउने मेसिन, कच्चा पदार्थहरू, तयारी सोयाविन राखिएको गोदाम घरसमेत जलेर नस्ट भएको छ।
आगलागीबाट करिब चार करोड रूपैयाँ बराबरको क्षति भएको छ। विद्युतको तार सर्ट भई बुधबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आगो प्रहरी, दमकल, स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा नियन्त्रणमा आएको छ।
यस्तै, उदयपुरको कटारी नगरपालिका-८ आलेडाँडाका मंगलबहादुर तामाङको घरमा मंगलबार दिउँसो आगलागी भएको छ।
गाईवस्तुका लागि खोले पकाउने क्रममा आगलागी हुँदा घर तथा विभिन्न सामान जलेर करिब सात लाख रूपैयाँ बराबरको धनमाल नस्ट भएको छ ।
आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
" /> काठमाडौं। कैलालीको टीकापुर नगरपालिका-३ शंकरपुरस्थित डबलबहादुर बलायरको सोयाविन कम्पनीमा आगलागी भएको छ।आगलागी हुँदा घर, सोयाविन बनाउने मेसिन, कच्चा पदार्थहरू, तयारी सोयाविन राखिएको गोदाम घरसमेत जलेर नस्ट भएको छ।

">