लण्डन। बेलायतमा कोरोनााभइरसका कारण मे महिनापछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार एकै दिनमा ३६७ जनाको मृत्यु भएको छ। योसँगै बेलायतमा कुल मृतकको संख्या ४५,३६५ पुगेको छ।
बेलायतमा थप २२,८८५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाइएको छ। बेलायतमा अहिलेसम्म कुल ९ लाख १७ हजार ५७५ जना सङ्क्रमित भएका छन्।
बेलायतका पब्लिक हेल्थ मेडिकल डाइरेक्टर डा. यभोन्ने डोयलेले सङ्क्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, “स्थिति निरन्तर उस्तै छ।” उनले अहिलेसम्मको प्रवृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्नसक्ने अनुमानसमेत गरेका छन्।
“हामीले हरेक दिन धेरै मानिसको परीक्षण गरिरहेका छौँ,” उनले भने, “अस्पताल प्रशासनले संख्या बढिरहेको बताउने गरेका छन्, यस बारेमा अझ गम्भीर हुन जरुरी छ, अझ धेरै सूचित हुन आवश्यक छ।”
बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र सङ्क्रमितहरूको हप्ताभरको संख्यामा पनि वृद्धि भएको देखिएको छ। बीचमा केही समय सङ्क्रमण घटेको देखिएता पनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको त्यहाँका अधिकारीहरूले बताएका छन्।
रासस/एएनआइ
" /> लण्डन। बेलायतमा कोरोनााभइरसका कारण मे महिनापछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ।सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार एकै दिनमा ३६७ जनाको मृत्यु भएको छ। योसँगै बेलायतमा कुल मृतकको संख्या ४५,३६५ पुगेको छ।

">