काठमाडौं। सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ खनियाँखर्कको चेक पोष्ट अगाडि माइक्रो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
घाइते हुनेहरूमा ललितपुरको गोदावारी नगरपालिका-५ की सीता सिलवाल, सर्लाहीको नयाँ रोडकी ३० वर्षीया बबिता थापा, उनकी चार वर्षीया छोरी लक्ष्मी थापा र ललितपुरकै इमाडोल नगरपालिका-९ का २८ वर्षीय यामकुमार श्रेष्ठ र उनको बहिनी १८ वर्षीया सबिमा श्रेष्ठ रहेका छन्।
बा २ ख ३९२३ नम्बरको माइक्रो काठमाडौंदेखि सर्लाहीतर्फ जाँदै थियो। उक्त माइक्रो खनियाँखर्कमा रहेको प्रहरी चेक पोष्ट अगाडि बिपी राजमार्गमा रोकेर इन्ट्री गर्न जाँदा ब्याक सरेर बुधबार दिउँसो १:३० बजे दुर्घटना भएको हो।
चालकले माइक्रो रोके पनि गाडी स्टार्टमा राखी हेन्ड ब्रेक पनि नलगाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घाइतेहरूको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।