काठमाडौं। पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ की एक गर्भवती महिलाको उद्धार गरिएको छ।
सुत्केरी व्यथाले च्यापिए पनि बच्चा जन्माउन नसकेकी ३८ वर्षीया यामकुमारी चेम्जोङ आङदेम्बेको बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
गाउँपालिका अध्यक्ष अमरकुमार माखिमले आर्थिक अवस्था नाजुक भएको, सवारी साधनमार्फत सुविधा सम्पन्न ठाउँमा लान समय लाग्ने र ज्यान पनि जोखिममा परेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टर मगाइएको बताए।
आङदेम्बेलाई बुधबार दिउँसो उद्धार गरी विराटनगरस्थित विराट नर्सिङ होममा पुर्याइएको छ।
दुर्गम तथा उच्च पहाडी र हिमाली भेगमा गर्भवती महिलाहरूलाई समस्या भए राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सरकारले उद्धार गरेर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पुर्याउने गरेको छ।
" /> काठमाडौं। पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ की एक गर्भवती महिलाको उद्धार गरिएको छ।सुत्केरी व्यथाले च्यापिए पनि बच्चा जन्माउन नसकेकी ३८ वर्षीया यामकुमारी चेम्जोङ आङदेम्बेको बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

">