काठमाडौं। भारतको बिहार विधानसभा निर्वाचनको प्रचार गर्न हिँडेका कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको तुलना रावणसँग गरेका छन्। प्रचारप्रसारका लागि बिहारको पश्चिम चम्पारण पुगेका प्रतिपक्षी पार्टीका गान्धीले सत्ताधारी मोदीलाई रावणको उपमा दिएका हुन्।
चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘‘पीएममोदीले २०१४ मा बाचा गरेका थिए, बिहारको चिनी मिलहरू सञ्चालन गर्ने र अर्को पटक आउँदा यहीको मिलबाट उत्पादित चिनी हालेर चिया पिउन। म प्रश्न गर्छु, के पीएमले तपाईंहरूसँग बसेर चिया पिए?’’
दसैंमा रावण, कुम्भकर्ण र मेघनादको पुतला जलाइने गरिएकोमा यसपटक पहिलो चोटी नरेन्द्र मोदी, अम्बानी र अडानीको पुतला जलाइएको भन्दै गान्धीले कटाक्ष गरे। यस्तो घटना पूरै पञ्जाबमा देखिएको उनको भनाइ थियो।
मोदीले नोटबन्दी गरेर साना किसान, साना व्यापारीको धन्दा चौपट पारिदिएको उनले बताए। नोटबन्दीका समयमा आममानिसले आफ्नो भएभरको पैसा निकाले र खर्च गरे। उक्त पैसा अम्बानी र अडाणीजस्ता व्यापारीको ऋण मिनाहा गर्नमा प्रयोग गरिएको उनले आरोप लगाए।
उनले भने, ‘‘कारण के हो, आज भारतका किसान मोदीको पुतला किन जलाइरहेका छन्? यो दु:खको कुरा हो कि, देशका किसान दसैंमा प्रधानमन्त्रीको पुतलामा किन आगो बालिरहेका छन्? २००६ मा जुन गल्ती नितिश कुमारले गरे, सोही गल्ती अहिले मोदीले देशभर लागू गरिदिएका छन्। सहरको सहारा गाउँ हुने गर्छ, गाउँको सहारा किसान अनि किसानको सहारा खेत हुने गर्छ। यस कारण किसानबिना सहर चल्नै सक्दैन। यो भारतको सत्य हो। तर मोदीले जुन कानुन ल्याए, त्यो भारतीय किसानमाथिको आक्रमण हो।’’
बिहारका युवालाई सपना देख्न, रोजगारी देख्न मोदीले आदेश दिने तर बिहारमा रोजगारी पाउन निकै कठिन रहेको उनको भनाइ थियो। बिहारका वासिन्दा काम खोज्दै बेंगलोर तथा हरियाणातर्फ जान बाध्य भएको उनले बताए।
बिहार क्षेत्र तथा यहाँका युवामा कुनै पनि कुराको कमी नभएको, तर ठूलो कमी मोदी र नितिश कुमारमा रहेको उनको आरोप थियो। ती नेताले सधैं झुटा कुरा बोलेको उनको जिकिर थियो। मोदीले दुई करोड युवालाई रोजगारी दिने बताए, तर यथार्थमा जागिरबाट निकालिदिए। लाखौं बिहारीलाई देशका विभिन्न स्थानबाट लखेटिएको उनको भनाइ थियो।

गरिबको पैसा सीधै धनीमानीकोमा पुगेको उनको भनाइ थियो। लकडाउनको समयमा धनीहरूका ऋण माफ गरिएको, तर गरिबलाई वास्ता नगरिएको उनको आरोप थियो। (एजेन्सी)
" /> काठमाडौं। भारतको बिहार विधानसभा निर्वाचनको प्रचार गर्न हिँडेका कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको तुलना रावणसँग गरेका छन्। प्रचारप्रसारका लागि बिहारको पश्चिम चम्पारण पुगेका प्रतिपक्षी पार्टीका गान्धीले सत्ताधारी मोदीलाई रावणको उपमा दिएका हुन्।चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘‘पीएममोदीले २०१४ मा बाचा गरेका थिए, बिहारको चिनी मिलहरू सञ्चालन गर्ने र अर्को पटक आउँदा यहीको मिलबाट उत्पादित चिनी हालेर चिया पिउन। म प्रश्न गर्छु, के पीएमले तपाईंहरूसँग बसेर चिया पिए?’’

">