काठमाडौँ। नेपालले अन्तर्राष्ट्रिय १०२ आतङ्कवादी व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का गरेको छ। आतङ्कवादी क्रियाकलापमा संलग्न विश्का २४ भन्दा बढी देशका व्यक्ति र समूह यसका परेका छन्।

पछिल्लो समय श्रीलंकाले गरेको अनुरोधअनुसार आतङ्कवादी व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का सूची अद्यावधिक गरी गत साता गृहले सम्बन्धित निकायहरूलाई पठाएको थियो।

“भर्खर श्रीलंका सरकारले अनुरोध गरेका आधारमा सूची अपडेट गरेका छौँ। नेपालको समूह वा व्यक्ति यो सूचीमा परेका छैनन्,” गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले देखापढीसँग भने, “आतङ्कवादीहरूको पैसा नेपाल नआहोस् र यहाँबाट कुनै त्यस्तो क्रियाकलाप पनि हुन नसकोस् भनेर उनीहरूको सम्पत्ति तथा कोष रोक्का गरिएको हो।”

नेपाल सरकारले सम्पत्ति तथा कोष रोक्का गरेको अन्तर्राष्ट्रिय आतङ्कवादीको सूचीमा ११ वटा समूह र ९१ व्यक्ति रहेका छन्। विश्वका २४ देशका ७५ वटा व्यक्ति तथा समूह यो सूचीमा रहेका छन् भने बाँकी २७ आतङ्कवादी व्यक्ति तथा समूहको कून देशका हुन् भन्ने सूचीमा छुट्याइएको छैन।

“विभिन्न देशको अनुरोधको आधारमा सूची बनेको हो। हामीले पनि अनुरोध गर्‍यौँ भने अन्य देशले यसरी नै सम्बन्धित व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का गरिदिन्छन्,” गृह प्रवक्ता बुढाले भने।

नेपालले सम्पत्ति तथा कोष रोक्का गरेको सबैभन्दा धेरै आतङ्कवादी व्यक्ति तथा समूहमा पाकिस्तान, इजिप्ट र अल्जेरियाका रहेका छन्। पाकिस्तानका १० र इजिप्ट र अल्जेरियाका ७-७ व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का गरिएको छ।

गृहका अनुसार लिबियाका ४, ट्युनिसियाका ५, साउदी अरबका ५, कुवेतका ५, मालीका ५, इराकका ५, अफगानिस्तानका ३, इण्डोनेसियाका २, बेलायतका २, जर्मनीको २, रुसको २, कतारको २ र प्यालेस्टाइन, मलेसिया, यमन, सिरिया, अमेरिका, जोर्डन, बोस्नीया हर्जगोविना, सोमालिया र मोरक्कोको एक-एक व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का गरिएको छ।

“विभिन्न आतङ्कवाद प्रतिरोध संयन्त्रहरू छन्। समन्वय संयन्त्र पनि छन्। सूचीमा परेकाहरू यी संयन्त्रले पहिचान गरेका व्यक्ति तथा समूह हुन्,” प्रवक्ता बुढाले भने। देशको अलवा फाइनान्सियल एक्सन् टास्क फोर्स (एफएटिएफ), एसिया/प्यासेफिक ग्रुप अन मनि लन्ड्रिङजस्ता संस्थाले पनि आतङ्कवादी व्यक्ति तथा समूहको पहिचान गरी उनीहरूको सम्पत्ति तथा कोष रोक्का गर्न अनुरोध गर्ने गर्छन्।

“एफएटिएफ, एसिया/प्यासेफिक ग्रुपजस्ता संस्थाका सदस्यहरूले जसले निर्णय गरेर पठाए पनि सम्पत्ति तथा कोष रोक्का गर्नुपर्छ। यस्ता व्यक्ति तथा समूहको पैसा आएको शंका लागेका छानबिन हुन्छ,” गृह प्रवक्ता बुढाले भने, “हाम्रोमा यस्तो पैसा आएको छैन, तर आउन सक्छ। अर्काको नाममा राख्ने, पैसा ट्रान्स्फर गर्ने अनेक कार्य हुन सक्छन्। त्यसैले सावधानी अपनाइएको हो।”

नेपालले सम्पत्ति तथा कोष रोक्का गरेका आतङ्कवादी व्यक्ति तथा समूहमा अल कायदा संगठन र त्यसका नेता, आईएसआईएसका नेताहरू देखि अबु बकर बसिरसम्म रहेका छन्। तारिक गिदर समूह, इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया (आईएआईएस), ओसामा बिन लादेनका छोरा हम्जा ओसामा मोहम्मद बिन लादेन, अल-हरामइन इस्लामिक फाउण्डेसनलगायतको नाम सूचीमा रहेको छ।

" /> काठमाडौँ। नेपालले अन्तर्राष्ट्रिय १०२ आतङ्कवादी व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का गरेको छ। आतङ्कवादी क्रियाकलापमा संलग्न विश्का २४ भन्दा बढी देशका व्यक्ति र समूह यसका परेका छन्।

"> नेपालद्वारा १०२ अन्तर्राष्ट्रिय आतङ्कवादी समूह तथा व्यक्तिको सम्पत्ति तथा कोष रोक्का: Dekhapadhi
नेपालद्वारा १०२ अन्तर्राष्ट्रिय आतङ्कवादी समूह तथा व्यक्तिको सम्पत्ति तथा कोष रोक्का

प्रतिक्रिया दिनुहोस्