काठमाडौं। खोटाङ, बारा, कञ्चनपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका-२ बरमझियास्थित सडकमा बुधबार बिहान बा.१८ च ७७३४ नम्बरको कारको ठक्करबाट सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको घटनास्थलमै मृत्यु भएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाराको कलैया उपमहानगरपालिका-१६ स्थित सडकमा बा.२१ च ४९७ नम्बरको कारको ठक्करबाट मंगलबार साँझ सोही महानगरपालिका-६ बस्ने साइकलयात्री ३० वर्षीय गुड्डु शेखको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका गुड्डुको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ।
खोटाङको बाह्रपोखरी गाउँपालिका-५ सोह्रखानीस्थित सडकमा को.१ ज ३४७० नम्बरको ट्याक्सी अनियन्त्रित भई सोमबार साँझ तीनजनाको मृत्यु भएको छ।
ट्याक्सी बाटोबाट करिब २५० मिटर तल खसी दुर्घटना हुँदा बाह्रपोखरी गाउँपालिका–६ बस्ने ४५ वर्षीय दक्षुमान राई समेत ३ जनाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २८ वर्षीय छत्र बहादुर राई समेत ४ जनाको धरान घोपामा उपचार भइरहेको छ। ट्याक्सीका चालक उदयपुर चौदण्डीगढी नगरपालिका-६ माझीगाउँ बस्ने २७ वर्षीय यमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका-११ बनहरास्थित सडकमा लु.६० प ७१४० र म.१ प ९६२८ नम्बरका दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा म.१ प ९६२८ नम्बरको मोटरसाइकल चालक भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने गुल्मी घर भएका ४२ वर्षीय बिष्णु ज्ञवाली छन्।
दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका लु.६० प ७१४० नम्बरको मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज जोशीको शुक्लाफाँटा क्लिनिक झलारीमा उपचार भइरहेको छ।
" /> काठमाडौं। खोटाङ, बारा, कञ्चनपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।सप्तरीको कञ्चनरुप नगरपालिका-२ बरमझियास्थित सडकमा बुधबार बिहान बा.१८ च ७७३४ नम्बरको कारको ठक्करबाट सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको घटनास्थलमै मृत्यु भएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

">