काठमाडौं। तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ। 

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको हिजो साँझ काठमाडौं महानगरपालिका-१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए। मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए। 

मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन्। 

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए। उनकी श्रीमती, दुई छोरा र एक छोरी छन्। विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिने तयारी छ। रासस

" /> काठमाडौं। तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ। 

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको हिजो साँझ काठमाडौं महानगरपालिका-१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए। मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए। 

मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन्। 

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए। उनकी श्रीमती, दुई छोरा र एक छोरी छन्। विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिने तयारी छ। रासस

"> पूर्व प्रमुखसचिव खनालको निधन: Dekhapadhi
पूर्व प्रमुखसचिव खनालको निधन <p style="text-align: justify;">काठमाडौं। तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको हिजो साँझ काठमाडौं महानगरपालिका-१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए। मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए।&nbsp;</p> <p style="text-align: justify;">मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले &lsquo;मुलुकी ऐन केही विवेचना&rsquo;, &lsquo;कर सम्बन्धी कानून&rsquo;, &lsquo;नेपालको कानूनी इतिहासको रुपरेखा&rsquo;, &lsquo;रिट निवेदन सिद्धान्त र विवेचना&rsquo;, &lsquo;विश्वका प्रमुख कानून प्रणाली&rsquo;, &lsquo;नेपालको कानूनी मस्यौदा&rsquo;, तथा &lsquo;समालोचना र फैसला&rsquo; लगायत पाठ्यपुस्तक लेखेका छन्।&nbsp;</p> <p style="text-align: justify;">तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए। उनकी श्रीमती, दुई छोरा र एक छोरी छन्। विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिने तयारी छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्