काठमाडौं। पछिल्लो समय सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा विभिन्नखालका ‘हेट स्पिच’ भाइरल हुँदै आएका छन्।
सोमबार ‘एडिटर्स गिल्ड अफ इन्डिया’ ले भारतमा बढ्दो हेट स्पिचलाई लिएर विज्ञप्ति जारी गर्दै मिडिया स्वतन्त्रतासहित कानुनी मान्यताको पालनालाई सन्तुलित राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
गिल्डले पत्रकारलाई धम्की तथा तनाव दिने काम तत्काल बन्द गर्न पनि माग गरेको छ। सरकारको शक्तिको मनपरी प्रयोगले पत्रकारको हित कहिल्यै नहुने गिल्डको भनाइ छ। पत्रकारलाई निशाना बनाउने काम अविलम्ब बन्द हुनुपर्ने गिल्डको माग छ।
बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि भारतमा मिडियाको विश्वसनीयतामा निकै ह्रास आएको बताइन्छ।
गिल्डले विज्ञप्तिमा भनेको छ, ‘‘रिपब्लिक टीभीका पत्रकारहरुविरुद्ध सयौं एफआईर दर्ता हुनु दुःखको कुरा हो। मनपरी ढंगमा चलिरहेको सत्ताले पत्रकारको हित गर्न सक्दैन। मुम्बई पुलिस तथा टीभी च्यानलबीच चलेको विवाद अभूतपूर्व छ। तर मिडियाको स्वतन्त्रताको रक्षालाई कानुनभित्रै सन्तुलित बनाएर राख्नुचाहिँ जरुरी छ।’’
गिल्डले थप स्पष्ट पार्दै भनेको छ, ‘‘अभिव्यक्ति अधिकारको मतलब हेट स्पिचलाई बढावा दिने लाइसेन्स पाउनु होइन।’’ टीआरपी घोटालाका साथै कलाकार राजपूतको मृत्युको अवधिमा रिपब्लिक टीभीको आचरणले मिडियाको विश्वसनीयता र रिपोर्टिङको सीमाको मुद्दा उठाएको गिल्ड बताउँछ।
गिल्डले स्पष्ट शब्दमा राजपूतको मृत्युको विषयमा रिपोर्टिङ शैलीलाई लिएर रिपब्लिक टीभीको निन्दा गरेको छ। भारतीय कतिपय टेलिभिजन च्यानलहरूमा टीआरपी बढाउने उद्देश्यले थुप्रै गलत क्रियाकलाप हुँदै आएको आरोप लाग्दै आएको छ।
नाम चलेका तथा ठूला च्यानलले नै सत्ताको भजन गाउने र गम्भीर, जनसरोकारका विषयलाई नजरअन्दाज गर्दै आएको भारतकै पत्रकारले बताउँदै आएका छन्।
" /> काठमाडौं। पछिल्लो समय सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा विभिन्नखालका ‘हेट स्पिच’ भाइरल हुँदै आएका छन्।सोमबार ‘एडिटर्स गिल्ड अफ इन्डिया’ ले भारतमा बढ्दो हेट स्पिचलाई लिएर विज्ञप्ति जारी गर्दै मिडिया स्वतन्त्रतासहित कानुनी मान्यताको पालनालाई सन्तुलित राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

">