कैलाली। प्रहरीले दुई लाख २३ हजार नगदसहित पाँच जुवाडे पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका-६ बाट गएराति जुवाडेहरूलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका-६ का भक्तबहादुर शाही, रंग साउद, रामबहादुर साउद, वीरबहादुर साउद र डम्बर शाही रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।
पक्राउ परेका उनीहरूलाई गएराति नै इलाका प्रहरी कार्यालय मालाखेतीकाे जिम्मा लगाइएको प्रहरीले बताएको छ।
" /> कैलाली। प्रहरीले दुई लाख २३ हजार नगदसहित पाँच जुवाडे पक्राउ गरेको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका-६ बाट गएराति जुवाडेहरूलाई पक्राउ गरेकाे हाे।

">