काठमाडौं । बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहरिएका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ।
एक करोड १५ लाख रूपैयाँ जरिवाना र दुई महिना कैद सजाय सुनाइएका राजेन्द्रप्रसाद प्रसाईं पक्राउ परेका हुन्। भगवती ढुङ्गेलले दायर गरेको बैंकिङ कसूरसम्बन्धि मुद्दामा उच्च अदालत विराटनगरको इलाम इजलासले २०७६ पुस १४ गते एक महीना कैद र २५ लाख विगोको फैसला गरेको थियो।
त्यस्तै सुरेन्द्रकुमार उप्रेतीले दायर गरेको मुद्दामा प्रसाईंलाई २०७६ पुस २१ गते एक महिना कैद ९० लाख जरिवानाको सजाय सुनाइएको थियो।
झापाको कन्काई नगरपालिका-३ घर भएका उनी लामो समयदेखि फरार थिए। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हिजो पक्राउ गरेको हो।
अदालतमा पेस गरेर उनीमाथि आवश्यक कारवाहीको तयारी भइरहेको झापा प्रहरी प्रमुख डीएसपी राकेश थापाले जानकारी दिए।
" /> काठमाडौं । बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहरिएका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ।एक करोड १५ लाख रूपैयाँ जरिवाना र दुई महिना कैद सजाय सुनाइएका राजेन्द्रप्रसाद प्रसाईं पक्राउ परेका हुन्। भगवती ढुङ्गेलले दायर गरेको बैंकिङ कसूरसम्बन्धि मुद्दामा उच्च अदालत विराटनगरको इलाम इजलासले २०७६ पुस १४ गते एक महीना कैद र २५ लाख विगोको फैसला गरेको थियो।

">