आजदेखि तीन दिन मौसम सफा रहने <p>काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p>&nbsp;आजदेखि तीन दिनसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागको मौसम सफा रहने अनुमान छ।&nbsp;</p> <p>मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि राति भने प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। अन्य भू-भागको मौसम सामान्यतया सफा रहनेछ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्