काठमाडौं। बर्दियाको गुलरिया नगरपालिकामा प्रहरीले एक थान बेवारिसे अवस्थाको पेस्तोल फेला पारेको छ।
गुलरिया नगरपालिकाको खैरापुरमा सडक किनारमा बेवारिसे अवस्थामा पेस्तोल देखिएपछि स्थानीय वासिन्दाले प्रहरीलाई खवर गरेका थिए। त्यसकै आधारमा घटनास्थल पुगेको प्रहरी चौकी खैरापुरको टोलीले उक्त पेस्तोल बरामद गरेको जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएको उक्त पेस्तोलमा मेड इन इटाली लेखिएको जनाइएको छ। सडक किनारको झाडीमा भेटिएको उक्त पेस्तोलको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। बर्दियाको गुलरिया नगरपालिकामा प्रहरीले एक थान बेवारिसे अवस्थाको पेस्तोल फेला पारेको छ।गुलरिया नगरपालिकाको खैरापुरमा सडक किनारमा बेवारिसे अवस्थामा पेस्तोल देखिएपछि स्थानीय वासिन्दाले प्रहरीलाई खवर गरेका थिए। त्यसकै आधारमा घटनास्थल पुगेको प्रहरी चौकी खैरापुरको टोलीले उक्त पेस्तोल बरामद गरेको जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएको उक्त पेस्तोलमा मेड इन इटाली लेखिएको जनाइएको छ। सडक किनारको झाडीमा भेटिएको उक्त पेस्तोलको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
">