हजुरआमाका कथा भन्दै अमृता
काठमाडौं। महिला अधिकारमा लेखनमार्फत् क्रियाशील लेखक अमृता लम्सालको पहिलो पुस्तक ‘हजुरआमाका कथा’ विमोचन भएको छ। आज काठमाडौंमा उनको पुस्तक विमोचन भएको हो।

पुस्तकमा ८० वर्ष कटेका महिलाका कथा समेटिएको छ। किताबमा समेटिएका पात्रहरूले नै किताब विमोचन गरेका थिए।

विमोचन कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै लैंगिक समानताकी अभियन्ता भारती सिलवाल गिरीले ‘हजुरआमाका कथा’ महिलाको इतिहास भएको उल्लेख गरिन्।

"इतिहासमा महिलाको कथा समेटिएको छैन। यो पुस्तकले त्यो अपूर्णता पूरा गर्ने प्रयत्न गरेको छ।", गिरीले भनिन्।

मानवशास्त्री डा. डम्बर चेम्जोङले पुस्तकले ५०/६० वर्ष पहिलेको समाजमा महिलाले भोगेको बुहार्तनको सग्लो तस्विर कोरेको उल्लेख गरे ।

भने, "यो पुस्तकले समाजमा रहेको विभिन्न विभेदको उजागर गरेको छ। महिलामाथि हुने विभेदको सामाजिक र सांस्कृतिक आयाम प्रस्तुत गरेको छ।"

लेखक अमृता लम्सालले पुस्तक लेखनको भित्री कथा बताइन्। मिडियाले महिलाको आवाज कहिल्यै नसुनेको गुनासो पनि गरिन् ।

"मिडियाले अहिले पनि महिला चिन्दैन। उनीहरूको सामाजिक-राजनीतिक आयाम बुझ्दैन। महिलाका कथालाई गन्थन देख्छ।"

अक्षर क्रिएसन्सले पुस्तक प्रकाशन गरेको हो।

प्रकाशन संस्थाकी अर्चना थापाले आफूहरूले महिलाका लेखनकर्मलाई प्रकाशनमा ल्याउन काम गरिरहेको उल्लेख गरिन्।

"हामीले लेखकमात्र होइन, सम्पादक, लेआउट डिजाइनर र प्रेस समेत महिलाकै छनौट गरेका छौं", थापाले भनिन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्