काठमाडौं। भारत र अमेरिकाले आज महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्। सम्झौतामा दुई देशका सेनाबीच अत्याधुनिक सैन्य प्रौद्योगिकी, सरसामान तथा भौगोलिक डेटा साझा गर्न मार्गप्रशस्त हुने बताइएको छ।
भारतीय रक्षामन्त्री राजनाथ सिंह मंगलबार समकक्षी मार्क टी एस्परसँग व्यापक ढंगमा रक्षा मुद्दासम्बन्धी कुराकानी भएपछि सम्झौताबारे जानकारी दिइएको हो।
कुराकानीमा सिंह र एस्परले हिन्द प्रशान्त क्षेत्रमा सहयोग विस्तार गर्ने तथा दुई देशका सेनाबीचको सम्बन्ध मजबुत बनाउने उपाय, भारतको छिमेकी देशसहित महत्वपूर्ण क्षेत्रीय सुरक्षा चुनौतीका विषयमा समीक्षा गरिएको थियो।
पूर्वी लद्दाखलाई लिएर चीनसँग भारतको बढ्दो विवादबारे पनि संक्षिप्त चर्चा भएको सूत्रको भनाइ छ। भारतीय रक्षामन्त्रालयले दुई मन्त्रीबीच सम्पन्न संवादले भारत-अमेरिका सम्बन्ध थप मजबुत हुने बताएको छ।
यसका साथै, विदेशमन्त्री एस जयशंकर र अमेरिकी समकक्षी माइक पोम्पियोबीच पनि पारस्परिक हितका विभिन्न मुद्दाबारे कुराकानी भएको थियो।
(एजेन्सी)
" /> काठमाडौं। भारत र अमेरिकाले आज महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्। सम्झौतामा दुई देशका सेनाबीच अत्याधुनिक सैन्य प्रौद्योगिकी, सरसामान तथा भौगोलिक डेटा साझा गर्न मार्गप्रशस्त हुने बताइएको छ।भारतीय रक्षामन्त्री राजनाथ सिंह मंगलबार समकक्षी मार्क टी एस्परसँग व्यापक ढंगमा रक्षा मुद्दासम्बन्धी कुराकानी भएपछि सम्झौताबारे जानकारी दिइएको हो।

">