काठमाडौं। पोल्यान्डको एक सहर रोक्लास्थित एक चौबाटोको नाम प्रसिद्ध भारतीय कवि हरिवंश राय बच्चनको नाममा राखिएको छ।
हरिवंश बलिउडका मेगास्टार अमिताभ बच्चनका पिता हुन्। अमिताभले यो खबरलाई सोसल मिडियामार्फत् आफ्ना करोडौं प्रशंसकमाझ सेयर गरेका छन्। उनले इन्स्टाग्राममा आफ्ना पिताको नाममा राखिएको चौबाटोको साइनबोर्ड सेयर गरेका हुन्।
साइनबोर्डमा हरिवंश राय बच्चनको नाम लेखिएको छ। अमिताभले इन्स्टाग्राममा लेखेको छन्, ‘‘पोल्यान्डको सिटी अफ रोक्लाको सिटी काउन्सिलले एक चौबाटोको नाम मेरा पिताजीको नामबाट राख्ने फैसला गरेको छ। यसपटकको दसैंमा मेरा लागि यो भन्दा उपयुक्त अर्को आशिर्वाद केही पनि हुन सक्दैन। यो मेरो परिवार तथा रोक्लामा रहेका भारतीय समुदायका लागि गर्वको पल हो। जय हिन्द।’’
२०१९ मा अमिताभ पोल्यान्ड गएका थिए। त्यहाँको सबैभन्दा पुरानो चर्चमध्येको एकमा उनका पिता हरिवंश रायलाई सम्मानित गरिएको थियो। त्यसबखत पनि अमिताभले केही तस्बिर सेयर गरेका थिए।
हरिवंश राय बच्चन भारतका प्रख्यात कवि हुन्। एक दक्षिण एसियाली कविका नाममा कुनै युरोपियन सहरको नामकरण हुनु खुसीको विषय हो। साथै, पोल्यान्ड सरकारको यो निर्णयले कवि, कलाकार कुनै एक देशको मात्रै नभई संसारकै सम्पत्ति हुने प्रष्ट पारेको छ।
(एजेन्सी)
" /> काठमाडौं। पोल्यान्डको एक सहर रोक्लास्थित एक चौबाटोको नाम प्रसिद्ध भारतीय कवि हरिवंश राय बच्चनको नाममा राखिएको छ।हरिवंश बलिउडका मेगास्टार अमिताभ बच्चनका पिता हुन्। अमिताभले यो खबरलाई सोसल मिडियामार्फत् आफ्ना करोडौं प्रशंसकमाझ सेयर गरेका छन्। उनले इन्स्टाग्राममा आफ्ना पिताको नाममा राखिएको चौबाटोको साइनबोर्ड सेयर गरेका हुन्।

">