काठमाडौं। संघारैमा आएको अमेरिकी राष्ट्रपति निर्वाचनका एक उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेनले चीन र रुसप्रतिको आफ्नो धारणा प्रष्ट पारेका छन्। उनले चीन अमेरिकाको ‘प्रतिद्वन्द्वी’ हो भने रुस ‘खतरा’ रहेको बताएका हुन्।

बाइडेनले सोमबार रुस अमेरिकाको सुरक्षा तथा गठबन्धनका लागि सबैभन्दा ठूलो खतरा भएको जिकिर गरे। उनको भनाइलाई रुसले भने धम्की र रुसप्रति नकारात्मकता फैलाउने चेष्टाका रूपमा लिएको छ। बाइडेनले अमेरिकी न्युज च्यानल सीबीएसलाई दिएको अन्तर्वार्तामा यस्तो धारणा राखेका हुन्।

अन्तर्वार्तामा बाइडेनले भने, ‘‘मलाई लाग्छ, हाम्रो सुरक्षा र गठबन्धन तोड्न रुस सबैभन्दा बढी खतराका रुपमा रहेको छ। दोस्रो कुरा, हाम्रो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीचाहिँ चीन रहेको छ।’’ चीनसँग अमेरिकाको गम्भीर प्रतिद्वन्द्व चल्ने उनको भनाइ थियो।

अन्तिम प्रेसिडेन्सियल डिबेटका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत् ३.५ मिलियन डलर लिएको आरोप लगाएका थिए।

ट्रम्पले अर्को ठूलो आरोप पनि लगाउँदै भनेका थिए, ‘‘बाइडेनका पुत्र हन्टरको मस्कोका पूर्वमेयर युरी लाजकोभकी पत्नी एलेना बेटुरिनासँग व्यापारिक सम्बन्ध छ।’’ बाइडेनले भने ट्रम्पको आरोप निराधार बताएका थिए। उनले आफू र आफ्नो परिवारले विदेशी स्रोतबाट एक पैसा पनि नलिएको प्रष्टीकरण दिएका थिए।

रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेसकोभले ट्रम्पको आरोप मिथ्या भएको बताएका थिए। उनले रुस यसप्रति बिल्कुलै असहमत रहेको उनको भनाइ थियो। उनले भने, ‘‘रुसप्रतिको धारणामा नकारात्मकता फैलाउने प्रयास हो यो। हाम्रो देशलाई दुस्मनका रुपमा चित्रित गरियो। यो सत्य होइन।’’

(एजेन्सी)

" /> काठमाडौं। संघारैमा आएको अमेरिकी राष्ट्रपति निर्वाचनका एक उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेनले चीन र रुसप्रतिको आफ्नो धारणा प्रष्ट पारेका छन्। उनले चीन अमेरिकाको ‘प्रतिद्वन्द्वी’ हो भने रुस ‘खतरा’ रहेको बताएका हुन्।

बाइडेनले सोमबार रुस अमेरिकाको सुरक्षा तथा गठबन्धनका लागि सबैभन्दा ठूलो खतरा भएको जिकिर गरे। उनको भनाइलाई रुसले भने धम्की र रुसप्रति नकारात्मकता फैलाउने चेष्टाका रूपमा लिएको छ। बाइडेनले अमेरिकी न्युज च्यानल सीबीएसलाई दिएको अन्तर्वार्तामा यस्तो धारणा राखेका हुन्।

अन्तर्वार्तामा बाइडेनले भने, ‘‘मलाई लाग्छ, हाम्रो सुरक्षा र गठबन्धन तोड्न रुस सबैभन्दा बढी खतराका रुपमा रहेको छ। दोस्रो कुरा, हाम्रो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीचाहिँ चीन रहेको छ।’’ चीनसँग अमेरिकाको गम्भीर प्रतिद्वन्द्व चल्ने उनको भनाइ थियो।

अन्तिम प्रेसिडेन्सियल डिबेटका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत् ३.५ मिलियन डलर लिएको आरोप लगाएका थिए।

ट्रम्पले अर्को ठूलो आरोप पनि लगाउँदै भनेका थिए, ‘‘बाइडेनका पुत्र हन्टरको मस्कोका पूर्वमेयर युरी लाजकोभकी पत्नी एलेना बेटुरिनासँग व्यापारिक सम्बन्ध छ।’’ बाइडेनले भने ट्रम्पको आरोप निराधार बताएका थिए। उनले आफू र आफ्नो परिवारले विदेशी स्रोतबाट एक पैसा पनि नलिएको प्रष्टीकरण दिएका थिए।

रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेसकोभले ट्रम्पको आरोप मिथ्या भएको बताएका थिए। उनले रुस यसप्रति बिल्कुलै असहमत रहेको उनको भनाइ थियो। उनले भने, ‘‘रुसप्रतिको धारणामा नकारात्मकता फैलाउने प्रयास हो यो। हाम्रो देशलाई दुस्मनका रुपमा चित्रित गरियो। यो सत्य होइन।’’

(एजेन्सी)

"> ‘अमेरिकाका लागि रुस खतरा, चीन प्रतिद्वन्द्वी’: Dekhapadhi
‘अमेरिकाका लागि रुस खतरा, चीन प्रतिद्वन्द्वी’
काठमाडौं। संघारैमा आएको अमेरिकी राष्ट्रपति निर्वाचनका एक उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेनले चीन र रुसप्रतिको आफ्नो धारणा प्रष्ट पारेका छन्। उनले चीन अमेरिकाको ‘प्रतिद्वन्द्वी’ हो भने रुस ‘खतरा’ रहेको बताएका हुन्।

बाइडेनले सोमबार रुस अमेरिकाको सुरक्षा तथा गठबन्धनका लागि सबैभन्दा ठूलो खतरा भएको जिकिर गरे। उनको भनाइलाई रुसले भने धम्की र रुसप्रति नकारात्मकता फैलाउने चेष्टाका रूपमा लिएको छ। बाइडेनले अमेरिकी न्युज च्यानल सीबीएसलाई दिएको अन्तर्वार्तामा यस्तो धारणा राखेका हुन्।

अन्तर्वार्तामा बाइडेनले भने, ‘‘मलाई लाग्छ, हाम्रो सुरक्षा र गठबन्धन तोड्न रुस सबैभन्दा बढी खतराका रुपमा रहेको छ। दोस्रो कुरा, हाम्रो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीचाहिँ चीन रहेको छ।’’ चीनसँग अमेरिकाको गम्भीर प्रतिद्वन्द्व चल्ने उनको भनाइ थियो।

अन्तिम प्रेसिडेन्सियल डिबेटका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत् ३.५ मिलियन डलर लिएको आरोप लगाएका थिए।

ट्रम्पले अर्को ठूलो आरोप पनि लगाउँदै भनेका थिए, ‘‘बाइडेनका पुत्र हन्टरको मस्कोका पूर्वमेयर युरी लाजकोभकी पत्नी एलेना बेटुरिनासँग व्यापारिक सम्बन्ध छ।’’ बाइडेनले भने ट्रम्पको आरोप निराधार बताएका थिए। उनले आफू र आफ्नो परिवारले विदेशी स्रोतबाट एक पैसा पनि नलिएको प्रष्टीकरण दिएका थिए।

रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेसकोभले ट्रम्पको आरोप मिथ्या भएको बताएका थिए। उनले रुस यसप्रति बिल्कुलै असहमत रहेको उनको भनाइ थियो। उनले भने, ‘‘रुसप्रतिको धारणामा नकारात्मकता फैलाउने प्रयास हो यो। हाम्रो देशलाई दुस्मनका रुपमा चित्रित गरियो। यो सत्य होइन।’’

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्