काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति निकै आक्रामक हुन थालेका छन्। जतिजति राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गएको छ, उतिउति ओबामा रिपब्लिकनको उम्मेदवारसमेत रहेका ट्रम्पप्रति नकारात्मक बन्दै गएका हुन्।

ओबामा भन्छन्, ‘‘मलाई ट्रम्प देख्दा उनी विस्तारै पागल हुँदै गएको जस्तो लाग्छ। जो मानिस प्रश्नहरूको सामना गर्न सक्दैन, उसले देशलाई कसरी सम्हाल्न सक्ला?’’

हालै सीबीएस न्युज च्यानलले लिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्प कुरा हुँदाहुँदै बीचमै छाडेर हिँडेका थिए। ट्रम्पले अन्तर्वार्ताकार तथा पत्रकार लेस्ली स्थलको व्यवहार नकारात्मक र बोली रूखो भएका कारण आफूले कुरा गर्न नचाहेको स्पष्टीकरण दिएका थिए।

ट्रम्पले भनेका थिए, ‘‘कठिन प्रश्नहरू मलाई नै किन सोधिन्छ? डेमोक्रेट उम्मेदवारलाई कोही पनि यस्ता प्रश्न त सोध्दैनन्! मैले जो बाइडेनसँग लिइएको अन्तर्वार्ता पनि हेरेको छु, एउटा पनि कडा प्रश्न सोधिँदैन।’’

ओबामाले ट्रम्पमाथि यिनै सन्दर्भलाई लिएर त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। अन्तर्वार्ता बीचमै छाडेर हिँड्नाले अब के गर्ने भन्नेबारे ट्रम्पलाई केही थाहा नभएको बुझिने ओबामाको भनाइ थियो।

ओबामाको कार्यकालमा बाइडेन उपराष्ट्रपति थिए। उनी अहिले डेमोक्रेटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसको समर्थनमा चुनाव प्रचारमा जुटेका छन्। उनले नोभेम्बर ३ का दिन हुने निर्वाचनमा ट्रम्प र उनको टिमलाई हराउन अपिल गरेका छन्।

आफूलाई अप्ठेरो लाग्ने हरेक कुरालाई ‘मजाक’ मान्दै उडाइदिने ट्रम्पको आदतप्रति ओबामा क्रुद्ध देखिएका थिए। राष्ट्रपतिले देश चलाउनका लागि योजना बनाउनु आवश्यक हुने उनको भनाइ थियो। उनले भने, ‘‘महामारीमा कुनै पनि योजना नबनाउनु ह्वाइट हाउसको कमजोरी हो।...सायद ट्रम्पले योजनाजति सबै कुनै मेचमै छाडिदिएका छन्।’’

पूर्वराष्ट्रपति ओबामाको छवि असल, इमानदार र शालीन नेताका रूपमा बनेको अधिकांशको मूल्यांकन छ। अमेरिकाको राष्ट्रपति पदमा उनको कार्यकाल खासै विवादित भएन। हरेक कुराको जवाफ सुझबुझपूर्ण र भलाद्मी ढंगमा दिने उनको स्वभावको सर्वत्र तारिफ हुने गर्छ। पदबाट बाहिरिएपछि पनि उनको चर्चा हराएको छैन। (एजेन्सीहरूको सहयोगमा)

" /> काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति निकै आक्रामक हुन थालेका छन्। जतिजति राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गएको छ, उतिउति ओबामा रिपब्लिकनको उम्मेदवारसमेत रहेका ट्रम्पप्रति नकारात्मक बन्दै गएका हुन्।

ओबामा भन्छन्, ‘‘मलाई ट्रम्प देख्दा उनी विस्तारै पागल हुँदै गएको जस्तो लाग्छ। जो मानिस प्रश्नहरूको सामना गर्न सक्दैन, उसले देशलाई कसरी सम्हाल्न सक्ला?’’

हालै सीबीएस न्युज च्यानलले लिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्प कुरा हुँदाहुँदै बीचमै छाडेर हिँडेका थिए। ट्रम्पले अन्तर्वार्ताकार तथा पत्रकार लेस्ली स्थलको व्यवहार नकारात्मक र बोली रूखो भएका कारण आफूले कुरा गर्न नचाहेको स्पष्टीकरण दिएका थिए।

ट्रम्पले भनेका थिए, ‘‘कठिन प्रश्नहरू मलाई नै किन सोधिन्छ? डेमोक्रेट उम्मेदवारलाई कोही पनि यस्ता प्रश्न त सोध्दैनन्! मैले जो बाइडेनसँग लिइएको अन्तर्वार्ता पनि हेरेको छु, एउटा पनि कडा प्रश्न सोधिँदैन।’’

ओबामाले ट्रम्पमाथि यिनै सन्दर्भलाई लिएर त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। अन्तर्वार्ता बीचमै छाडेर हिँड्नाले अब के गर्ने भन्नेबारे ट्रम्पलाई केही थाहा नभएको बुझिने ओबामाको भनाइ थियो।

ओबामाको कार्यकालमा बाइडेन उपराष्ट्रपति थिए। उनी अहिले डेमोक्रेटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसको समर्थनमा चुनाव प्रचारमा जुटेका छन्। उनले नोभेम्बर ३ का दिन हुने निर्वाचनमा ट्रम्प र उनको टिमलाई हराउन अपिल गरेका छन्।

आफूलाई अप्ठेरो लाग्ने हरेक कुरालाई ‘मजाक’ मान्दै उडाइदिने ट्रम्पको आदतप्रति ओबामा क्रुद्ध देखिएका थिए। राष्ट्रपतिले देश चलाउनका लागि योजना बनाउनु आवश्यक हुने उनको भनाइ थियो। उनले भने, ‘‘महामारीमा कुनै पनि योजना नबनाउनु ह्वाइट हाउसको कमजोरी हो।...सायद ट्रम्पले योजनाजति सबै कुनै मेचमै छाडिदिएका छन्।’’

पूर्वराष्ट्रपति ओबामाको छवि असल, इमानदार र शालीन नेताका रूपमा बनेको अधिकांशको मूल्यांकन छ। अमेरिकाको राष्ट्रपति पदमा उनको कार्यकाल खासै विवादित भएन। हरेक कुराको जवाफ सुझबुझपूर्ण र भलाद्मी ढंगमा दिने उनको स्वभावको सर्वत्र तारिफ हुने गर्छ। पदबाट बाहिरिएपछि पनि उनको चर्चा हराएको छैन। (एजेन्सीहरूको सहयोगमा)

"> ‘कठिन प्रश्नहरू मलाई नै किन सोधिन्छ?’: Dekhapadhi
‘कठिन प्रश्नहरू मलाई नै किन सोधिन्छ?’
काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति निकै आक्रामक हुन थालेका छन्। जतिजति राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गएको छ, उतिउति ओबामा रिपब्लिकनको उम्मेदवारसमेत रहेका ट्रम्पप्रति नकारात्मक बन्दै गएका हुन्।

ओबामा भन्छन्, ‘‘मलाई ट्रम्प देख्दा उनी विस्तारै पागल हुँदै गएको जस्तो लाग्छ। जो मानिस प्रश्नहरूको सामना गर्न सक्दैन, उसले देशलाई कसरी सम्हाल्न सक्ला?’’

हालै सीबीएस न्युज च्यानलले लिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्प कुरा हुँदाहुँदै बीचमै छाडेर हिँडेका थिए। ट्रम्पले अन्तर्वार्ताकार तथा पत्रकार लेस्ली स्थलको व्यवहार नकारात्मक र बोली रूखो भएका कारण आफूले कुरा गर्न नचाहेको स्पष्टीकरण दिएका थिए।

ट्रम्पले भनेका थिए, ‘‘कठिन प्रश्नहरू मलाई नै किन सोधिन्छ? डेमोक्रेट उम्मेदवारलाई कोही पनि यस्ता प्रश्न त सोध्दैनन्! मैले जो बाइडेनसँग लिइएको अन्तर्वार्ता पनि हेरेको छु, एउटा पनि कडा प्रश्न सोधिँदैन।’’

ओबामाले ट्रम्पमाथि यिनै सन्दर्भलाई लिएर त्यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। अन्तर्वार्ता बीचमै छाडेर हिँड्नाले अब के गर्ने भन्नेबारे ट्रम्पलाई केही थाहा नभएको बुझिने ओबामाको भनाइ थियो।

ओबामाको कार्यकालमा बाइडेन उपराष्ट्रपति थिए। उनी अहिले डेमोक्रेटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसको समर्थनमा चुनाव प्रचारमा जुटेका छन्। उनले नोभेम्बर ३ का दिन हुने निर्वाचनमा ट्रम्प र उनको टिमलाई हराउन अपिल गरेका छन्।

आफूलाई अप्ठेरो लाग्ने हरेक कुरालाई ‘मजाक’ मान्दै उडाइदिने ट्रम्पको आदतप्रति ओबामा क्रुद्ध देखिएका थिए। राष्ट्रपतिले देश चलाउनका लागि योजना बनाउनु आवश्यक हुने उनको भनाइ थियो। उनले भने, ‘‘महामारीमा कुनै पनि योजना नबनाउनु ह्वाइट हाउसको कमजोरी हो।...सायद ट्रम्पले योजनाजति सबै कुनै मेचमै छाडिदिएका छन्।’’

पूर्वराष्ट्रपति ओबामाको छवि असल, इमानदार र शालीन नेताका रूपमा बनेको अधिकांशको मूल्यांकन छ। अमेरिकाको राष्ट्रपति पदमा उनको कार्यकाल खासै विवादित भएन। हरेक कुराको जवाफ सुझबुझपूर्ण र भलाद्मी ढंगमा दिने उनको स्वभावको सर्वत्र तारिफ हुने गर्छ। पदबाट बाहिरिएपछि पनि उनको चर्चा हराएको छैन। (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्