काठमाडौं। ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिकाली जात्राको प्रसाद प्रदान गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित विशेष समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए।

आइबार बिहान करिब ९ बजे खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रम ओलीका धर्मपत्नी राधिका शाक्य र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए। कोरोना संक्रमण जोखिमको कारण प्रम ओलीले देवता खलकको हातबाट प्रसाद ग्रहण गरेनन्।

सो अवसरमा खोकनावासीको तर्फबाट स्थानीय स्वयम्भुराज डंगोल, ललितपुर जिल्ल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, ललितपुर महानगरपालिका-२१ का सदस्य ज्ञानभक्त डंगोल उपस्थित थिए।

खोकनावासीको तर्फबाट देवता खलकले सरकार प्रमुख र मुलुकमा शान्ति कल्याणको कामना गर्दै नवमीको दिन प्रसाद हस्तान्तरण गर्ने परम्परा छ।

सोही परम्परालाई जोगाउँदै देवता खलकले विशेष पूजासहितको प्रसाद प्रधानमन्त्रीलाई दिएका थिए। प्रसादमा हाँसलाई विशेष सजावट गरिएको सिंगो हाँस र तान्त्रिक विधिद्धारा रुद्रायणीको प्रसाद सरकार प्रमुखको हैसियतमा प्रम ओलीको तर्फबाट धर्मपत्नी शाक्यलाई दिएका थिए।

स्थानीय डंगोल र देवता खलकले प्रधानमन्त्री ओली र सहरी विकासमन्त्री श्रेष्ठसमक्ष ऐतिहासिक खोकनाको मुख्य जात्रा हुने रुद्रायणी मन्दिरको पुनर्निर्माण गर्न आग्रह गरेका थिए। उनीहरुले भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए।

सो अवसरमा प्रम ओलीले सहरी विकासमन्त्री श्रेष्ठलाई खोकनाको सम्पदा पुनर्निर्माण गर्ने विषयमा तत्काल अध्ययन गर्न आग्रह गरेका थिए। मन्त्री श्रेष्ठले मुलुकको संस्कृति जोगाउन खोकनावासीले खेलेको भूमिका अविष्मरणीय रहेको उल्लेख गर्दै त्यसको लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सयौँ वर्ष पुराना इतिहास जोगाउन खोकनावासीले खेलेको भूमिकाको चर्चा मन्त्री श्रेष्ठले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्रीनिवास जानुअघि देवता खलकले सहरी विकासमन्त्री श्रेष्ठको निवासमा भेट गरेको थियो।

" /> काठमाडौं। ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिकाली जात्राको प्रसाद प्रदान गरेका छन्।

"> सिकालीको प्रसाद प्रधानमन्त्रीलाई: Dekhapadhi प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित विशेष समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरे।
• खोकनावासीको तर्फबाट देवता खलकले सरकार प्रमुख र मुलुकमा शान्ति कल्याणको कामना गर्दै नवमीको दिन प्रसाद हस्तान्तरण गर्ने परम्परा छ।

सिकालीको प्रसाद प्रधानमन्त्रीलाई
काठमाडौं। ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिकाली जात्राको प्रसाद प्रदान गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित विशेष समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए।

आइबार बिहान करिब ९ बजे खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रम ओलीका धर्मपत्नी राधिका शाक्य र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए। कोरोना संक्रमण जोखिमको कारण प्रम ओलीले देवता खलकको हातबाट प्रसाद ग्रहण गरेनन्।

सो अवसरमा खोकनावासीको तर्फबाट स्थानीय स्वयम्भुराज डंगोल, ललितपुर जिल्ल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, ललितपुर महानगरपालिका-२१ का सदस्य ज्ञानभक्त डंगोल उपस्थित थिए।

खोकनावासीको तर्फबाट देवता खलकले सरकार प्रमुख र मुलुकमा शान्ति कल्याणको कामना गर्दै नवमीको दिन प्रसाद हस्तान्तरण गर्ने परम्परा छ।

सोही परम्परालाई जोगाउँदै देवता खलकले विशेष पूजासहितको प्रसाद प्रधानमन्त्रीलाई दिएका थिए। प्रसादमा हाँसलाई विशेष सजावट गरिएको सिंगो हाँस र तान्त्रिक विधिद्धारा रुद्रायणीको प्रसाद सरकार प्रमुखको हैसियतमा प्रम ओलीको तर्फबाट धर्मपत्नी शाक्यलाई दिएका थिए।

स्थानीय डंगोल र देवता खलकले प्रधानमन्त्री ओली र सहरी विकासमन्त्री श्रेष्ठसमक्ष ऐतिहासिक खोकनाको मुख्य जात्रा हुने रुद्रायणी मन्दिरको पुनर्निर्माण गर्न आग्रह गरेका थिए। उनीहरुले भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए।

सो अवसरमा प्रम ओलीले सहरी विकासमन्त्री श्रेष्ठलाई खोकनाको सम्पदा पुनर्निर्माण गर्ने विषयमा तत्काल अध्ययन गर्न आग्रह गरेका थिए। मन्त्री श्रेष्ठले मुलुकको संस्कृति जोगाउन खोकनावासीले खेलेको भूमिका अविष्मरणीय रहेको उल्लेख गर्दै त्यसको लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सयौँ वर्ष पुराना इतिहास जोगाउन खोकनावासीले खेलेको भूमिकाको चर्चा मन्त्री श्रेष्ठले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्रीनिवास जानुअघि देवता खलकले सहरी विकासमन्त्री श्रेष्ठको निवासमा भेट गरेको थियो।

प्रतिक्रिया दिनुहोस्