काठमाडौं। रौतहटको गुजरा नगरपालिका वडा नम्बर १ स्थित दुई गाउँका युवाहरूबीच चोकमा राखिएको बोर्ड ढालिएको विषयमा ढुङ्गा हानाहान भएको छ।
मनहरा र पर्सवा गाउँका युवाहरूबीच आइतबार बिहान ११ बजेतिर ढुङ्गा हानाहान भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले दुबै गाउँका ३/३ जना युवा घाइते भएको बताए।
“मनहरा र पर्सवा गाउँ गुजरा नगरपालिका वडा नम्बर १ मा पर्छ र यी दुई गाउँबीच चोकको नामलाई लिएर पहिलेदेखि नै विवाद हुँदै आएको रहेछ,” उनले देखापढीसँग भने, “विवाद भइरहेपछि दुबै गाउँको नामबाट चोकमा आ–आफ्नो बोर्ड राखिएकोमा आज पर्सवाको बोर्ड ढालिएको अवस्थामा भेटिएपछि एकअर्काबीच ढालिएको आरोप लगाउँदै झडप भएको रहेछ।”
एसपी शाहका अनुसार हाल स्थिति नियन्त्रणमा आएको छ। स्थिति नियन्त्रणमा लागि प्रहरीले हवाइ फायरसम्म गर्नु परेको छ।
गुजरा नगरपालिका प्रमुख सन्तलालप्रसाद चौधरीसहितको जनप्रतिनिधि राखेर विवादलाई मिलाउने प्रयास भइरहेको छ।
यसअघि चोकको नामलाई लिएर उत्पन्न विवादलाई दसैं पछाडि मिलाउने प्रमुख चौधरीले भनेको पाइएको पनि एसपी शाहले बताए।
" /> काठमाडौं। रौतहटको गुजरा नगरपालिका वडा नम्बर १ स्थित दुई गाउँका युवाहरूबीच चोकमा राखिएको बोर्ड ढालिएको विषयमा ढुङ्गा हानाहान भएको छ।मनहरा र पर्सवा गाउँका युवाहरूबीच आइतबार बिहान ११ बजेतिर ढुङ्गा हानाहान भएको हो।

">