काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिका सुकुमबासी टोलकी ६० वर्षीया पार्वती बादीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको छ।

घरायसी विवादको क्रममा आमा पार्वतीमाथि ३० वर्षीय छोरा पप्पु बादीले कुटपिट गरेका थिए।

कुटपिटपछि गम्भीर घाइते भएकी उनलाई पुनर्वास पोलिक्लिनिकमा उपचार गर्न लागिएकोमा उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर, उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आमालाई कुटपिट गर्ने पप्पुलाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ पक्राउ गरेको छ।

उनीविरूद्ध प्रहरीले आइतबार कर्तव्य ज्यान मुद्दामा जाहेरी लिएर दर्ता गरी अनुसन्धान थालेको छ।

" /> काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिका सुकुमबासी टोलकी ६० वर्षीया पार्वती बादीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको छ।

घरायसी विवादको क्रममा आमा पार्वतीमाथि ३० वर्षीय छोरा पप्पु बादीले कुटपिट गरेका थिए।

कुटपिटपछि गम्भीर घाइते भएकी उनलाई पुनर्वास पोलिक्लिनिकमा उपचार गर्न लागिएकोमा उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर, उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आमालाई कुटपिट गर्ने पप्पुलाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ पक्राउ गरेको छ।

उनीविरूद्ध प्रहरीले आइतबार कर्तव्य ज्यान मुद्दामा जाहेरी लिएर दर्ता गरी अनुसन्धान थालेको छ।

"> आमाको हत्या गरेको अभियोगमा पक्राउ: Dekhapadhi
आमाको हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिका सुकुमबासी टोलकी ६० वर्षीया पार्वती बादीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको छ।

घरायसी विवादको क्रममा आमा पार्वतीमाथि ३० वर्षीय छोरा पप्पु बादीले कुटपिट गरेका थिए।

कुटपिटपछि गम्भीर घाइते भएकी उनलाई पुनर्वास पोलिक्लिनिकमा उपचार गर्न लागिएकोमा उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर, उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आमालाई कुटपिट गर्ने पप्पुलाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ पक्राउ गरेको छ।

उनीविरूद्ध प्रहरीले आइतबार कर्तव्य ज्यान मुद्दामा जाहेरी लिएर दर्ता गरी अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्