काठमाडौं। गत वैशाखमा रोकिएको कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुँदै छ। मन्त्रिपरिषद्को सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेर आवश्यक तयारी थालेको छ।
विद्यार्थीले परीक्षा केन्द्रमा गएरै आधा घण्टादेखि डेढ घण्टाको अवधिमा परीक्षा दिनुपर्नेछ। घरनजिक भएको विद्यालय (होम सेन्टर)मा गएर परीक्षा दिने व्यवस्था मिलाइने बोर्डले जनाएको छ।
तर, शिक्षाविद् तथा जनस्वास्थ्यविद्हरूले भने बोर्डको परीक्षा लिने प्रणालीमा प्रश्न उठाएका छन्। केन्द्रमै गएर परीक्षा लिँदा कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै उनीहरूले यसबारे बोर्डले पुनर्विचार गर्नुपर्ने बताएका हुन्।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थीहरू परीक्षा केन्द्रमा पुगेरै परीक्षा दिने व्यवस्थाप्रति आपत्ति जनाए। “यसरी परीक्षा गर्नैपर्ने थियो त किन वैशाखमा स्थगित गरियो। त्यही बेला परीक्षा गर्नु र अहिले गर्नुमा के फरक छ?,” उनले प्रश्न गरे।
बोर्डले कक्षा १२ मा परीक्षा लिनैपर्ने तर, परीक्षा प्रणालीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। परीक्षा लिनका लागि विद्यार्थीहरू परीक्षा केन्द्रसम्म जाँदा संक्रमण जोखिम बढी हुने भन्दै भोलि समस्या आएको खण्डमा त्यसको जिम्मेवारी परीक्षा बोर्ड र शिक्षा मन्त्रालयका अधिकारीले लिनुपर्ने उनको भनाइ छ।
“विद्यार्थीलाई परीक्षा केन्द्रमै लगेर परीक्षा लिँदा जोखिम त बढ्ने नै भयो। त्यसमा सबैले सजग र सचेत हुनुपर्छ। त्यसरी संक्रमण फैलिएको खण्डमा झन् खतरा हुनसक्छ।”
“हामीले त विभिन्न विकल्पको आधारमा परीक्षा लिन सुझाव दिँदै आएका थियौं। अन्तमा आएर बोर्डले कस्तो अचम्मको निर्णय गर्यो। यसरी विद्यार्थीलाई परीक्षा केन्द्रमा गएरै परीक्षा गर्नु थियो भने वैशाखमा परीक्षा किन रोकेको? यतिका महिना विद्यार्थीलाई किन झुलाएर राखेको?,” उनले भने।
स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षा केन्द्रमा मात्र गरेर सुरक्षित नहुने उनको भनाइ छ। “विद्यार्थीहरू परीक्षा केन्द्रसम्म जाँदा झन् जोखिम हुन्छ। परीक्षा केन्द्रमा दुई मिटरको दूरी कामय गरेर मात्र केही हुँदैन,’’ प्रा.डा. कोइरालाले भने।
जनस्वास्थ्यविद् डा. शरद वन्तले परीक्षा केन्द्रमै गएर परीक्षा लिँदा कोरोना संक्रमणमो जोखिम बढी हुने बताए। “विद्यार्थीलाई परीक्षा केन्द्रमै लगेर परीक्षा लिँदा जोखिम त बढ्ने नै भयो। त्यसमा सबैले सजग र सचेत हुनुपर्छ। त्यसरी संक्रमण फैलिएको खण्डमा झन् खतरा हुनसक्छ,” वन्तले भने।
स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार परीक्षा हुन्छ : बोर्ड
राष्ट्रिय परीक्षा बोर्डले भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर परीक्षा सम्पन्न हुने जनाएको छ। बोर्डका अध्यक्ष चन्द्र्रमणि पौडेलले विशेष स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर परीक्षा गराइने बताए।
जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक विद्यार्थीको कम्तीमा दुई/दुई मिटरको दूरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २० परीक्षार्थी रहने व्यवस्था मिलाउनुपर्ने छ। त्यसका लागि स्थानीय तह, स्वास्थ्य संघ संस्थाहरूसँग आवश्यक समन्वय गरी हेल्थ डेस्ककोसमेत व्यवस्था गरेर परीक्षा सञ्चालन गर्नुपर्ने छ।
बोर्डले परीक्षा सञ्चालनका लागि विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि जारी गरेको छ। जसले परीक्षा सञ्चालन गर्दा विशेष सावधानी अपनाउनुपर्ने जनाएको छ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बोर्डले कोरोना संक्रमित विद्यार्थीका लागि पछि छुट्टै व्यवस्था गर्नेसमेत जनाएको छ। अध्यक्ष पौडेलले उनीहरूका कारण अरूलाई पनि जोखिम बढ्ने भन्दै संक्रमित विद्यार्थीका लागि पछि परीक्षा दिने व्यवस्था मिलाउने गरी तयारी भइरहेको बताए।
यो वर्षको कक्षा १२ को परीक्षाका लागि चार लाख ३२ हजार विद्यार्थीले फाराम भरेका थिए। गत वैशाख ८ गतेदेखि हुने भनिएको परीक्षा कोरोना भाइरसको संक्रमण तथा जोखिम र लकडाउनका कारण रोकिएको थियो।