काठमाडौं। म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ।

पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकार समक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो। गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, रेडक्रसकर्मी र सुरक्षाकर्मीको संयुक्त टोलीले पहिरो, कटान र बाढीले क्षति पुर्याएका बस्तीको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिए।

जमिन धाजा फाटेर चिरा परेका र पहिरो नजिकै भएका बस्तीमा रहेका घरलाई थप क्षति हुन नदिन तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको उनले बताए। मालिका–५ जुग्जामा पूर्ण क्षति भएका २० घर र आंशिक क्षति भएका २९ घर, सोही वडाको तल्लो भेगका १० घर, घरथोकको तल्लो भेगका ४ घर, ओखलढुङ्गाको १३ घर, मगरदाङको तल्लो भेगका ५ घर, पन्थोकको ११ घर तथा न्याबोटका दुई घर स्थानान्तरणका लागि  सिफारिस गरिएको छ।

यस्तै मालिका– ७ बिमका पूर्ण क्षति भएका ३४ घर र आंशिक क्षति भएका १७ घर तथा बिमको नौरुङ, कुटवाङ, नराले, ओखरढुङ्गा, नौमाने, काउरा, बन्सार, गौरीखेत र अर्कलाका झण्डै ८० परिवारलाई स्थानान्तरण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। गत असार २५ र २६ गतेको पहिरोले बिममा ८ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए।

यसैगरी वडा न २ रुमको तल्लो बेलिकाका सात तथा नरेनचौरका चार, वडा नं ३ किटिनीका एक घर, वडा नं ४ ओखरबोटको ८ र वडा नं ९ को तल्लो भेग, वडा नं ६ दरवाङको साउबोट र लामेलाको बस्ती पनि स्थानान्तरण गर्नुपर्नेमा सूचिकृत गरिएको छ।

पहिरोले पालिकाभर ६७ घर पूर्ण तथा ५२ घर आंशिक रुपमा क्षति भएका छन्। यस्तै ३१ सडक, ३२ खानेपानी आयोजना, १० सिँचाइ आयोजना, आठ लघुजलविद्युत् आयोजना, पाँच विद्यालय रतथा एउटा सामुदायिक भवनमा क्षति पुगेको थियो। बस्ती स्थानान्तरणका लागि प्रदेश र सङ्घीय सरकारसँग बजेट तथा योजना प्रस्ताव गरी पठाएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए।

रासस

" /> काठमाडौं। म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ।

"> मालिकाका २० बस्ती स्थानान्तरण गर्न सिफारिस: Dekhapadhi
मालिकाका २० बस्ती स्थानान्तरण गर्न सिफारिस

प्रतिक्रिया दिनुहोस्