काठमाडौं। अफगानिस्तानमा एक शिक्षण संस्था नजिक भएको आत्मघाती हमलामा कम्तीमा १८ जनाको मृत्यु भएको छ। शनिबारको उक्त घटना उच्च शिक्षा अध्यापन गराउने निजी संस्था बाहिर भएको हो।

विस्फोट सिया मुसलमान बाहुल्य क्षेत्र दस्त–ए–बार्चीको भवनमा भएको थियो, जहाँ प्रायः सयौं मानिस हुने गर्छन्। घटनामा कयौं घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।

इस्लामिक स्टेट समूहले सोसल मिडियामा हमलाको जिम्मेवारी लिएको छ, तर यसको कुनै प्रमाण भने छैन। यसअघि तालिबानले हमलामा सहभागी हुन अस्वीकार गरेको थियो।

अफगानिस्ताको गृह मन्त्रालयका प्रवक्ता तारिक एरियनले भने, ‘‘एकजना आत्मघाती हमलाकारी भवनभित्र प्रवेश गर्ने कोसिस गरेको तर उसलाई चिनेर सुरक्षाकर्मीले रोकेका थिए। सोही हमलाकारीले ढोकामा पुगेर विस्फोट गरेको हो।’’

एकजना स्थानीयका अनुसार मृत्यु हुनेमध्ये अधिकांश विद्यार्थी रहेका छन्। उनीहरू भवनभित्र प्रवेश गर्ने क्रममा थिए।

अफगानिस्तानमा पछिल्लो समय हिंसा निकै बढेको छ। प्रायः हमला तालिबानले गर्दै आएका छन्। कतारको राजधानी दोहामा सरकार र तालिबानबीच शान्ति वार्ता चलिरहेको छ।

अफगानिस्तानमा चरमपन्थी संगठनले सिया समुदायलाई निशाना बनाइरहेका छन्। शैक्षिक संस्थामा गरिएको आक्रमण नयाँ भने होइन। २०१८ अगस्टमा गरिएको हमलामा ४८ जनाको मृत्यु भएको र तीमध्ये अधिकांश विद्यार्थी परेका थिए।

यसै वर्षको मे महिनामा मेटरनिटी सेन्टरमा भएको हमलामा २४ महिला र बच्चा मारिएका थिए। यही साता धार्मिक स्कुलमा भएको हमलामा ११ बच्चा र तिनलाई पढाइरहेका धर्मगुरु मारिएका थिए। (बीबीसी)

" /> काठमाडौं। अफगानिस्तानमा एक शिक्षण संस्था नजिक भएको आत्मघाती हमलामा कम्तीमा १८ जनाको मृत्यु भएको छ। शनिबारको उक्त घटना उच्च शिक्षा अध्यापन गराउने निजी संस्था बाहिर भएको हो।

विस्फोट सिया मुसलमान बाहुल्य क्षेत्र दस्त–ए–बार्चीको भवनमा भएको थियो, जहाँ प्रायः सयौं मानिस हुने गर्छन्। घटनामा कयौं घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।

इस्लामिक स्टेट समूहले सोसल मिडियामा हमलाको जिम्मेवारी लिएको छ, तर यसको कुनै प्रमाण भने छैन। यसअघि तालिबानले हमलामा सहभागी हुन अस्वीकार गरेको थियो।

अफगानिस्ताको गृह मन्त्रालयका प्रवक्ता तारिक एरियनले भने, ‘‘एकजना आत्मघाती हमलाकारी भवनभित्र प्रवेश गर्ने कोसिस गरेको तर उसलाई चिनेर सुरक्षाकर्मीले रोकेका थिए। सोही हमलाकारीले ढोकामा पुगेर विस्फोट गरेको हो।’’

एकजना स्थानीयका अनुसार मृत्यु हुनेमध्ये अधिकांश विद्यार्थी रहेका छन्। उनीहरू भवनभित्र प्रवेश गर्ने क्रममा थिए।

अफगानिस्तानमा पछिल्लो समय हिंसा निकै बढेको छ। प्रायः हमला तालिबानले गर्दै आएका छन्। कतारको राजधानी दोहामा सरकार र तालिबानबीच शान्ति वार्ता चलिरहेको छ।

अफगानिस्तानमा चरमपन्थी संगठनले सिया समुदायलाई निशाना बनाइरहेका छन्। शैक्षिक संस्थामा गरिएको आक्रमण नयाँ भने होइन। २०१८ अगस्टमा गरिएको हमलामा ४८ जनाको मृत्यु भएको र तीमध्ये अधिकांश विद्यार्थी परेका थिए।

यसै वर्षको मे महिनामा मेटरनिटी सेन्टरमा भएको हमलामा २४ महिला र बच्चा मारिएका थिए। यही साता धार्मिक स्कुलमा भएको हमलामा ११ बच्चा र तिनलाई पढाइरहेका धर्मगुरु मारिएका थिए। (बीबीसी)

"> अफगानिस्तानमा शिक्षण संस्थामा आत्मघाती हमला, १८ जनाको मृत्यु: Dekhapadhi
तस्वीरः राेयटर्स।
अफगानिस्तानमा शिक्षण संस्थामा आत्मघाती हमला, १८ जनाको मृत्यु
काठमाडौं। अफगानिस्तानमा एक शिक्षण संस्था नजिक भएको आत्मघाती हमलामा कम्तीमा १८ जनाको मृत्यु भएको छ। शनिबारको उक्त घटना उच्च शिक्षा अध्यापन गराउने निजी संस्था बाहिर भएको हो।

विस्फोट सिया मुसलमान बाहुल्य क्षेत्र दस्त–ए–बार्चीको भवनमा भएको थियो, जहाँ प्रायः सयौं मानिस हुने गर्छन्। घटनामा कयौं घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।

इस्लामिक स्टेट समूहले सोसल मिडियामा हमलाको जिम्मेवारी लिएको छ, तर यसको कुनै प्रमाण भने छैन। यसअघि तालिबानले हमलामा सहभागी हुन अस्वीकार गरेको थियो।

अफगानिस्ताको गृह मन्त्रालयका प्रवक्ता तारिक एरियनले भने, ‘‘एकजना आत्मघाती हमलाकारी भवनभित्र प्रवेश गर्ने कोसिस गरेको तर उसलाई चिनेर सुरक्षाकर्मीले रोकेका थिए। सोही हमलाकारीले ढोकामा पुगेर विस्फोट गरेको हो।’’

एकजना स्थानीयका अनुसार मृत्यु हुनेमध्ये अधिकांश विद्यार्थी रहेका छन्। उनीहरू भवनभित्र प्रवेश गर्ने क्रममा थिए।

अफगानिस्तानमा पछिल्लो समय हिंसा निकै बढेको छ। प्रायः हमला तालिबानले गर्दै आएका छन्। कतारको राजधानी दोहामा सरकार र तालिबानबीच शान्ति वार्ता चलिरहेको छ।

अफगानिस्तानमा चरमपन्थी संगठनले सिया समुदायलाई निशाना बनाइरहेका छन्। शैक्षिक संस्थामा गरिएको आक्रमण नयाँ भने होइन। २०१८ अगस्टमा गरिएको हमलामा ४८ जनाको मृत्यु भएको र तीमध्ये अधिकांश विद्यार्थी परेका थिए।

यसै वर्षको मे महिनामा मेटरनिटी सेन्टरमा भएको हमलामा २४ महिला र बच्चा मारिएका थिए। यही साता धार्मिक स्कुलमा भएको हमलामा ११ बच्चा र तिनलाई पढाइरहेका धर्मगुरु मारिएका थिए। (बीबीसी)

प्रतिक्रिया दिनुहोस्