कैलाली। कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाट जुवा खेलिरहेको अवस्थामा पाँचजना जुवाडे पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट गएको प्रहरीले नगद एक लाख ८१ हजारसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हाे।
स्थानीय विपिन चन्दको घरबाट शनिबार राति उनीहरूलाई पक्राउ गरिएकाे हाे।
पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-४ का जयबहादुर धानुक, वडा नम्बर ७ का नरबहादुर कुँवर, कृष्णपुर नगरपालिका-१ का सुमन भण्डारी, वडा नम्बर ५ का यज्ञराज पाण्डेय र वडा नम्बर २ का दमन चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।
विशेष सूचनाको आधारमा पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा राखिएको प्रवक्ता थापाले बताए।
" /> कैलाली। कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाट जुवा खेलिरहेको अवस्थामा पाँचजना जुवाडे पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट गएको प्रहरीले नगद एक लाख ८१ हजारसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हाे।

">