काठमाडाैं। नेपालको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिए अनुकूल गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन्।
गैरआवासीय नेपाली संघ युकेद्वारा ‘सम्पत्तिको सुरक्षा-नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खाज आन्दोलन’ विषयमा शनिबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै सभापति पोख्रेलले गैरआवासीय नेपालीहरूले नेपाली नागरिक सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने कुरा संविधानले नै सुनिश्चित गरेको र त्यसमा कुनै भेद्भाव नहुने कुरामा जोड दिए।
१० वर्ष पहिलेसम्म पनि प्रमुख राजनीतिक दलका नेताहरु नै एनआरएनलाई नागरिकता दिनेबारे अनुदार रहे पनि अहिले संविधानमै त्यसको व्यवस्था भएको उनले स्पष्ट पारे।
ब्रिटिश सेनाबाट सेवा निवृत्त भएपछि हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरूको नेपाली नगरिकताको निरन्तरताको विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै सभापति पोख्रेलले गोर्खा सैनिकहरूले गर्दा नेपालको शिर ठाडो भएको बताए।
एनआरएनएको नागरिकता निरन्तरता समितिका केन्द्रीय संयोजक तथा उपाध्यक्ष सोनाम लामाले एनआरएनहरूको गैरआवासीय नेपाली नागरिकता सुरक्षित रहेको भन्दै त्यसबारे आशंका नगर्न आग्रह गरे। नेपालको संविधान संशोधन गरेर भए पनि गोर्खा सैनिकहरूको नेपाली नागरिकतालाई निरन्तरता दिन उनले आग्रह गरे।
एनआरएनएका केन्द्रीय महासचिव डा. हेमराज शर्माले एनआरएनएको स्थापना यता एनआरएन नेतृत्वले गरेको लगातार प्रयासका कारण मात्रै अहिलेको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान राख्न सम्भव भएको बताए। उनले नयाँ ऐनमा एनआरएनहरूले नेपालमा गएर काम गर्न पाउने कि नपाउने भन्ने स्पष्ट नभएको बताउँदै यसबारे छलफल जारी रहेको बताए।
" /> काठमाडाैं। नेपालको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिए अनुकूल गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन्।गैरआवासीय नेपाली संघ युकेद्वारा ‘सम्पत्तिको सुरक्षा-नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खाज आन्दोलन’ विषयमा शनिबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै सभापति पोख्रेलले गैरआवासीय नेपालीहरूले नेपाली नागरिक सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने कुरा संविधानले नै सुनिश्चित गरेको र त्यसमा कुनै भेद्भाव नहुने कुरामा जोड दिए।

">